राजनीति

कर्णालीका ४ एमाले सांसदलाई कारवाही

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई एमालेले कारबाही गरेको छ । प्रकाश ज्वाला र नन्दसिंह बूढा तथा अम्मरबहादुर थापा र सचेतक कुर्मराज शाहीलाई एमालेले कारवाही गरेको हो । एमाले प्रमुख सचेतक गुलाबजंग शाहले उनीहरूलाई साधारण सदस्यसमेत नहरनेगरी कारबाही गर्न पार्टी प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरिएको बताए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा एमालेका चार सांसदले मत हाल्दा उनको पद जोगिएको छ । सत्ता समीकरणको नयाँ कसरतमा लागेका प्रधानमन्त्री ओलीलाई शुक्रबारको फ्लोर क्रसले झस्काइदिएको छ । पुरा पढौ

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर

१३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश पाेखरा : सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा… पुरा पढौ