
काठमाडौँ : सांसद गगनकुमार थापाले वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद थापा सहित काठमाडौँबाट निर्वाचित चार सांसदले वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दै संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन्।
थापाले वायु प्रदूषणबारे संसदमा छलफल गर्न माग गर्दै सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । थापाको प्रस्तावमा सांसदहरू भीमसेनदास प्रधान, राजेन्द्र केसी र जीवनराम श्रेष्ठ समर्थक छन् । केही हप्तादेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप लिएकाले वायु प्रदूषण न्यूनीकरण गर्न तत्काल गर्नुपर्ने काम, दीर्घकालीन तयारी एवं पहलकदमीबारे प्रस्तावमा उल्लेख गरिएको छ।
प्रस्तावमा डढेलो लगायतका प्रदूषणका कारण खोजी, न्यूनिकण र नियन्त्रणका लागि कार्य योजना र तालिका बनाई काम गर्न सरकारलाई निर्देशन दिनुपर्ने उल्लेख छ । नेपाल सरकारले गत वर्ष “काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्य योजना, २०७६ जारी त गर्यो तर त्यसको कार्यान्वयन हुन सकेको छैन। त्यस्तै सरकार आफैले वनाएका विद्युतीय सवारी साधन सम्बन्धी कार्य योजना पनि कार्यान्वयन हुन नसकेको प्रस्तावमा उल्लेख छ ।
वायु प्रदूषण भयावह बनिरहेको छ तर हामीले बारम्बार त्यसलाई नजर अन्दाज गरी रहेका छौँ । कतै अहिले पनि यो विषय यत्तिकै नजर अन्दाज हुन्छ की भन्ने डर छ। यो विषयलाई क्षणिक र तात्कालिक मौसमी समस्याको रूपमा नहेरियोस् र संसदले निरन्तर चासोको विषय बनाओस् भनेर भने यो ध्यानाकर्षण गराएका छौँ, प्रस्तावमा उल्लेख छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…