
नेकपा एमालेले चितवनमा दसौं महाअधिवेशन भव्य उद्घाटन गरेको छ । महाअधिवेशनमा गैडाको लोगो, गैडाको मस्कट बनाएको कारण चर्चा कमाएको एमालेले महाअधिवेशनमा सहभागीको कारण पनि चर्चा सुरु भएको छ ।
यति बेला नारायणी किनारका एमालेको महाअधिवेशन उद्घाटन कार्यक्रममा कति सहभागि भए होला भन्ने अड्कलबाजी सुरु भएको छ । चितवनमा ठूलो राजनीतिक दलले केन्द्रीय महाअधिवेशन गरेको पहिलो पटक हो । मञ्च व्यवस्थापनदेखि गैंडाको मस्कट, ठूलाठूला डिस्प्ले राखेर एमालले महावेशनलाई भव्य बनाएको थियो । उपस्थितिका हिसाबले चितवनको इतिहासमै एमाले महाअधिवेशन अहिलेसम्मकै धेरै मान्छे उपस्थित भएको कार्यक्रम समेत बनेको दाबी गरिएको छ ।
एमालेले महाअधिवेशनमा ५ लाख मानिस उतार्ने दाबी गरेको थियो । स्थानीयले २ लाख भन्दा बढी सहभागि भएको अनुमान गरेका छन् । अहिले सम्म यति धेरै मानिस एकै ठाउँमा नदेखेको स्थानीयले बताएका छन् । चितवनमा पहिलो पटक यति धेरै मानिस भेला भएको स्थानीय डिबी बरालले बताए । स्थानीय अनलाइन चितवन पोष्टले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाको आँकलनमा तीन लाख जति सहभागी भएको समाचारमा लेखेको छ ।
यसै गरी उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले डेढलाख बढीको सहभागी रहेको भनाइ समाचारमा राखेको छ भने एमाले चितवनकी अध्यक्ष पार्वती रावलले भने महाअधिवेशनमा करिब सात लाख मानिसको उपस्थिति भएको बताउँछिन रावलको भनाई राखेको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …