
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण विश्वका हिमाली देशहरुमा आर्थिक समस्या परेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित दीगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्भर्दमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले नेपाल लगायतका हिमाली देशहरुको अर्थतन्त्रलाई बलियो बनाउन अन्तर्राष्ट्रिय स्तरबाट सहयोग भएमात्र सकिने बताए ।
प्रधानमन्त्री देउवाले विश्वमा मानव समुदायको भविश्य सुरक्षित गर्नकालागि विश्वव्यापी तापमान वृद्धि रोक्न आवश्यक रहेको बताए । यसकालागि तत्काल कदम चाल्न पनि उनले सुझाएका छन् । अन्तर्राष्ट्रिय वर्षको अवसरमा मुस्ताङमा माउण्टेन एड्भोकेसी समिट गर्न लागिएको पनि प्रधानमन्त्री देउवाले कार्यक्रममा जानकारी दिए ।