
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ। नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै सोबारे जानकारी गराएको हो।
पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएपछि उपचार सुरु गरिएकाे थियाे । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गरिएकाे हाे ।
कोरोना भाइरसबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले पूर्व राजा दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको सो विज्ञप्तिमा उल्लेख छ। पूर्व राजारानीसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले जनाएको छ। उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। उनीहरु तीनै जना वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…