
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका दल कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले आफ्नै सांसदमाथि अविश्वास गरी एउटै होटलमा राखेका छन् ।
पोखरा लेकसाइडको कुटी रिसोर्टमा सोमबार २५ सांसदलाई राखिएकाे हाे । एकै ठाउँमा बसेकाे विषयमा सरसल्लाह गर्न सजिलाे हुन्छ भनेर सबै एकै ठाउँमा बसेकाे कांग्रेस र माओवादीका सांसदले बताएका छन् । कांग्रेसका एक सांसदले फ्लोर क्रस गर्लान् भन्ने डरले सांसदलाई एकै ठाउँ राखिएको बताए ।
छिमेकी देश भारतमा सरकार फेरबदल हुने बेला सांसदलाई अर्कातिर जान नदिन होटलमा लगेर सांसद थुनिएका समाचार सुनिन्थ्याे । गण्डकीमा विपक्षी दलहरुले पनि त्यसैकाे सिकाे गरेकाे देखिएकाे पाेखरेलीले बताएका छन् । कांग्रेस, माओवादी एउटै कुटी रिसोर्ट र जसपाका नजिकैको अर्का होटलमा बसेका हुन् । अविश्वास प्रस्तावमा साथ दिने बताएको जनमोर्चाका ३ सांसद भने होटल गएनन् ।
राजमोले अविश्वास प्रस्तावमै मतदान गर्ने उक्त पार्टीको केन्द्र कमिटीले बताएको छ । २ वैशाखमा दर्ता भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेश सभामा सोमबार टेबुल भएको छ । प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल गरेका थिए ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका ३ दलले वैशाख २ मा गुरुङ सरकारविरुद्ध प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका थिए । विपक्षीहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीसँगै मुख्यमन्त्री गुरुङले अधिवेशन अन्त्य गरेका थिए । लगत्तै अरु दलहरुले प्रदेश सभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन दिएका थिए । सोही माग अनुसार शेरचनले १३ वैशाखमा अधिवेशन आह्वान गरेका थिए।
वैशाख २ गते संसद सचिवालयमा दर्ता अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका हुन् । १२ सांसद रहेको माओवादीबाट १ जनचाहिँ सभामुख छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । २७ मध्ये १ जना माधव नेपाल समूहका छन् । उनले कर्णालीमा जसरी नै फ्लोर क्रस गर्लान्/नगर्लान् भन्ने यकिन छैन । एमालेकै समर्थनमा सांसद भएका मनाङका राजीव गुरुङ (दीपक मनाङे) ले सोमबार आफूलाई स्वतन्त्रकै हैसियत प्रदान गर्न प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका छन् ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …