
पत्रकार भरत काेइराला गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे प्रेस संयोजक नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त भएका काेइराला आदर्श समाज दैनिक र इआदर्श डटकमका सम्पादक हुन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले काेइरालालाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । २ दशकअघि पत्रकार काेइरालाले अन्नपूर्ण पोस्ट दैनिक देखि पत्रकारिता सुरु गरेका थिए । काठमाडौंमै रहँदा डेस्कमा कार्यरत उनी २०६५ सालदेखि पोखरामा दी हिमालयन टाइम्स र अन्नपूर्ण पोस्टको ब्युरो चिफ सम्हाल्न आइपुगेका थिए । त्यस्तै २०७२ सालदेखि समाधान दैनिकमा आबद्ध काेइराला गत वर्ष देखि आदर्श समाजमा सम्पादक हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर काेइराला संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष हुन् । काेइराला संसदीय मामलाका जानकार मानिन्छन् । काेइराला भद्रकाली मावि, कुँडहरमा पत्रकारिता प्राध्यापनसमेत गर्छन् । स्याङ्जाको पुतलीबजार वडा १३ का स्थायी वासिन्दा कोइराला हाल पोखरा ११, फूलबारीमा बसोबास गर्दै आएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद पाेखरेल नेतृत्वमा गत जेठ २९ गते गण्डकीमा नयाँ सरकार बनेकाे हो ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…