
गण्डकी प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्यांकन गरि ढुंगाा, गिट्टि र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनका लागि वातावरण मैत्री बनाउन आवश्यक समन्वय गरिने जनाएको छ ।
यसै गरी प्रदेशमा रहेका जैविक विविधता र उच्च हिमालमा रहेका परिस्थितिकिय भूदृश्यमा वातावरणीय अध्ययन बिना गरिने भौतिक विकास निर्माणको कार्यलाई निरुत्साहित गरिने गण्डकी प्रदेश सरकारको नीति कार्यक्रममा उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले यस्तो कार्यक्रम रहेको सुनाएकी छन् ।

यसै गरी नेपाल सरकार र पोखरा महानगरपालिका सँगको सहकार्यमा रामसारमा सूचीकृत फेवाताल लगायतका तालहरुको गुरुयोजना निर्माण गरी योजनावद्ध रुपमा संरक्षण र सौन्दर्यी करण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …