
पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्न अनुराेध गरेका छन् । वर्षातको कारण देशको विभिन्न भागमा बाढी र पहिरोले नागरिकको ज्यान लिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार एक सन्देश जारी गरेर दु:ख व्यक्त गर्नुकाे साथै जिम्मेवार बन्न अनुराेध गरेका हुन्।
देश कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति हामी कहाँ आइपरेको बताउँदै महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्नेतर्फ जिम्मेवार बन्नु पर्नेमा जाेड दिएका छन् ।विपत्तिको पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवं राहतकारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षको गम्भीर ध्यान दिन आग्रह गरेका छन्।
‘मनसुन प्रारम्भ मात्र भएको यो समयमा नै यति धेरै क्षति हुन पुग्यो भने तीब्र बर्षात आउने समयमा अझ के के हुने हो ? भन्दै यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने पूर्व राजा शाहले बताए छन् ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…