
पोखरा ः सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रावि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि बिहीबार साँझ उनी ६५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।
थुनछेक बहसपछि न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग धरौटी माग गरेको थियो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि रिहा भएका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ ।
काठमाडौं महानगरपालिका १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएको प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो। प्रहरी स्रोतका अनुसार लामिछाने काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने छन् । .
सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौं स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय कार्यालयबाट पक्राउ परेका थिए । कास्की जिल्ला अदालतमा बुधबार प्रतिवादी तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गरेका थिए। सरकारी वकिलले जवाफी बहसका क्रममा सहकारी ठगी गरेको पर्याप्त प्रमाण भएकाले लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क गरेका थिए ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । यही पुस ७ गते सरकारी वकिलको कार्यालय,कास्कीले सहकारी ठगीको आरोपमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । मिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै पूर्वडीआईजी जोशी, लाल,लिला,रामबहादुर,मीना,कृष्णबहादुर र आरतीविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको छ ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो माग गरेको थियो । यस्तै पूर्वडीआईजी जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ। जोशीले ७४ करोड,३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको थियो ।
यसैगरी पछाईंलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो माग गरिएको थियो। अर्का प्रतिवादी रामबहादुर खनाललाई १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो कायम गरिएको थियो । लीला पछाइँ बाहेक ६ जना धरौटी बुझाएर बिहिबार नै रिहा भएका छन् ।
पूर्व डिआईजी छविलाल जोशी ८८ लाख धरौटी बुझाएर निस्केका छन् । यसै गरी रामबहादुर खनाल १५ लाख, कृष्णबहालुर गुरुङ १ लाख, पूर्व सांसद मिना गुरुङ ५ लाख, आरती गुरुङ ५ लाख धरौटी बुझाएर रिहा भएका छन् ।



हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ रेन स्याडो जोन अर्थात् न्यूनवर्षा हुने जिल्लामा पर्छन् । यसैले यहाँका घरहरूका छत माटोले…
हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…