
मानव अधिकारकर्मी टेकनाथ बरालको प्रथम स्मृति सभामा बरालले मानव अधिकार रक्षा, प्राकृतिक स्रोत संरक्षण, विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनमा पुर्याएको योगदानको स्मरण गरिएको छ ।
सभामा बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले बरालले राजनीतिक परिवर्तनकालागि वामपन्थी नेताको रुपमा पु¥याएको योगदानको सम्झना गरे । राष्ट्रियताको रक्षा, सीमा सुरक्षाको सवालमा पनि बराल सक्रियतापूर्वक लागेको उनले सम्झिए । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले बरालले राजनीतिक परिवर्तन, मानवअधिकार, प्राकृतिक स्रोत संरक्षणमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, शान्तिकालागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल, नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, पत्रकार दिपेन्द्र श्रेष्ठ, टेकनाथ बरालका छोरा विद्याविमल बराल, छोरी प्रभाव बराल, बामबुद्धिजीवी रामराज रेग्मी लगायतले बरालले सामाजिक न्याय, मानवअधिकार, राष्ट्रियता रक्षा, राजनीतिक परिवर्तनमा खेलेको भूमिकाका बारेमा बोलेका थिए ।
हरेक वर्ष टेकनाथ स्मृति सम्मान प्रदान गरिने

मानव अधिकारकर्मी टेकनाथ बरालको सम्झनामा टेकनाथ स्मृति अध्ययन केन्द्र स्थापना गरिएको छ । अधिकारकर्मी बरालले राजनीति, मानवअधिकार, राष्ट्रियताको रक्षा, प्रकृति संरक्षण, शिक्षा क्षेत्रमा गरेको योगदानको अध्ययन गर्न टेकनाथ स्मृति अध्ययन केन्द्र स्थापना गरिएको उनका छोरा विद्याविमल बरालले सभामा जानकारी दिए । मानव अधिकार, सामाजिक न्याय, असमानता विरुद्धको आन्दोलनलाई विस्तृत र फराकिलो बनाउन अध्ययन केन्द्र लाग्ने बरालले बताए ।

मानवअधिकार, सामाजिक न्याय, राष्ट्रियता र प्रकृति संरक्षणको क्षेत्रमा राष्ट्रिय स्तरमा योगदान पु¥याएका व्यक्तिलाई हरेक वर्ष टेकनाथ स्मृति सम्मान प्रदान गरिने अध्ययन केन्द्रका संयोजक विद्याविमल बरालले बताए । यसकालागि परिवारले ६ लाखको अक्षय कोष स्थापना गरेको उनले जानकारी दिए ।










हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ रेन स्याडो जोन अर्थात् न्यूनवर्षा हुने जिल्लामा पर्छन् । यसैले यहाँका घरहरूका छत माटोले…
हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…