
पोखरा : यहाँका तालहरूमा फैलिएका जलकुम्भी झारबाट लक्ष्मी ग्रुपले हस्तकलाका सामग्री बनाउने भएको छ । ९ तालहरूको सहर पोखराका तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणकालागि सिपमूलक तालिम, रोजगारका अवसर सृजनाकालागि पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबीच बिहीबार पोखरामा पाँच वर्षे समझदारी भएको छ ।
तालहरूमा बढ्दो जलकुम्भी झार, लेउको प्रकोप लगायतका समस्यालाई दिगो रूपमा समाधान गर्दै स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले समझदारी गरिएको बताइएको छ । समझदारीअनुसार, लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ताल सरसफाइका लागि आवश्यक अत्याधुनिक प्रविधि, वित्तीय स्रोत, उपकरण र जनशक्ति उपलब्ध गराउने उल्लेख छ । तालबाट निकालिएको जलकुम्भी झारलाई प्रयोग गरी हस्तकलाका सामग्री उत्पादन गर्न स्थानीय समुदायलाई सीपमूलक तालिम प्रदान गरिने पनि सम्झौतामा उल्लेख छ ।
जसले ताल सरसफाइको साथै रोजगारीका नयाँ अवसर सिर्जना लक्ष्मी ग्रुप तथा लक्ष्मी फाउन्डेसनका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । अझै पनि पोखरामा २० हजार दाउराबाट खाना पकाउने परिवारको बताउँदै दाउरालाई विस्थापित गर्न इन्डक्सन चुलो वितरण गर्ने पनि उनले बताए ।मेयर आचार्यले यहाँका तालहरू पोखराको पहिचान र गौरव भएको भन्दै तिनीहरूको संरक्षणका लागि दीर्घकालीन कार्यक्रम आवश्यक रहेको बताए ।

पोखराका तालहरूमा जलकुम्भी झार निकै ठूलो समस्याको रुपमा रहेको बताउँदै मेयर आचार्यले जलकुम्भीझारको हस्तकलाका सामान उत्पादन गर्ने गरी तालिम दिने र रोजगारी सृजना गर्ने काम महत्त्वपूर्ण रहने बताए । यसको बजारीकरण गर्ने, कोशेली हाउस सम्म लग्ने काममा महानगरपालिकाले सहकार्य गर्ने उनले बताए । यी सबै काम गर्नकालागि महानगरपालिकाले नीतिगत रुपमा गर्नु पर्ने सहजीकरण गर्ने र आर्थिक रुपमा लाग्ने लगानी लक्ष्मी ग्रुपले गर्ने मेयर आचार्यले बताए । परियोजनाले गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूलाई इन्टर्नसिप र व्यावसायिक प्रशिक्षणको अवसर प्रदान गर्नेछ भने गरिबीको रेखामुनि रहेका विपन्न घरपरिवारलाई इन्डक्सन चुल्हो वितरण गरी महानगरको ऊर्जा योजनामा समेत सघाउ पु¥याउने सम्झौतामा उल्लेख छ । सम्झौता मितिबाट ६ महिनाको परीक्षणकलासहित कुल पाँच वर्षसम्म सञ्चालन हुनेछ ।

पहिलो चरणमा पाइलट परियोजनाको मूल्याङ्कन गरी त्यसको प्रभावकारिताका आधारमा फेवाताल लगायत अन्य तालहरूमा क्रमशः विस्तार गर्दै लगिने सम्झौतामा उल्लेख छ । महानगरपालिकाले परियोजनाको प्राविधिक गुणस्तर अनुगमन गर्नेछ । यस सहकार्यले पोखराका तालहरूको वातावरणीय सन्तुलन कायम राख्दै पर्यटकीय आकर्षण बढाउने, फोहोर र प्रदूषणको समस्यालाई स्थायी रूपमा समाधान गर्ने र स्थानीय समुदायको आयआर्जनमा सुधार ल्याउने विश्वास गरिएको छ । लक्ष्मी ग्रुपले सामाजिक उत्तर दायित्व अन्तर्गत वातावरण संरक्षण अन्तर्गत पोखरामा रहेका तालहरूको सरसफाइ र संरक्षणका लागि परियोजना सञ्चालन गर्ने गरी महानगरपालिका संघ सम्झौता गरेको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठले बताए ।
परियोजना अन्तर्गत पहिलो चरणमा फेवाताल, बेगनास ताल, रूपाताल, दीपाङ ताल, गुँदे ताल, कमल पोखरा, न्यूरेनी ताल र खास्टे तालको अवस्थालाई अध्ययन गरेर दीगो संरक्षणका लागि योजना सम्झौता पत्रमा उल्लेख छ ।परियोजनाका क्रममा ताल क्षेत्रमा रहेका बस्ती र सरोकारवालासँग छलफल, जनचेतना अभिवृद्धि, वातावरणीय प्रभाव मूल्याङ्कन र व्यवस्थापन योजना तयार गरिने उल्लेख छ । तालको वातावरण र जैविक विविधता संरक्षण, अवैध दोहन नियन्त्रण, फोहोरमैला व्यवस्थापन, जलचरको संरक्षण, पर्यटनको दिगो प्रवर्द्धन तथा जलवायु अनुकूलनको काम गर्ने सम्झौतामा उल्लेख छ । पर्यटकीय राजधानी पोखराको विकास र समृद्धिकालागि महानगरको बजेटले मात्र धेरै कुरा गर्न नसक्ने बताउँदै मेयर आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गत बिजनेस हाउसहरू संंग मिलेर एकसाथ अघि बढ्ने बताए ।



भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
पोखरा : पशु उपचारमा प्रयोग गरिने भेटेरिनरी औषधीका कारण ९० को दशकमा दक्षिण एशिसामा ठूलो संख्यामा घटेका गिद्ध संरक्षण कार्यक्रम पछि स्थिर अवस्थामा आएको…