
यति बेलो गर्मी माैसम हो । बिहानै देखि चर्को घाम लाग्ने र खलखली पसिना आउने समस्या यति बेला सबैले झेल्दै आएका छाै । नेपालको हिमाली र पहाडी क्षेत्र भन्दा धेरै गर्मीको असर तराई क्षेत्रमा छ । अत्यधिक गर्मीले दिमागमा पार्ने असरबारे एक नयाँ रिपोर्टमा चासो देखाइएको छ। तातो मौसममा मानिसहरूले सोच्ने क्षमतामा कमी, एकाग्रता गुमाउने, वा मिजास परिवर्तन हुने स्वास्थ्य विज्ञले बताएका छन् ।
डाक्टर तारा पहरीका अनुसार शरीरको तापक्रम नियन्त्रण गर्न कठिन हुँदा दिमागले ठीकसँग काम गर्न सक्दैन, जसले मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्छ।गर्मी अत्यधिक बढ्दा हाम्रो मस्तिष्कमा थुप्रै प्रकारका असरहरू पर्न सक्छन्। त्यसको मुख्य कारण भनेको शरीरको तापक्रम सन्तुलनमा गडबडी आउनु हो। यसले गर्दा एकाग्रता र सम्झने क्षमतामा कमी आउन सक्छ, किनभने शरीरलाई शीतल राख्न ऊर्जा खर्च हुँदा दिमागको कार्यक्षमता कमजोर पर्छ।
मिजासमा परिवर्तन पनि आउन सक्छ—अत्यधिक गर्मीले मानिसहरू चिडचिडापन, झन्झलाहट, या उदासी महसुस गर्न सक्छन्। निद्रामा असर पर्छ, जसले थप थकान र मानसिक थकावट बढाउँछ। निर्णय गर्ने क्षमता घट्न सक्छ, जसले दैनिक जीवनका कामहरूमा असर पार्न सक्ने बताइएको छ । गर्मीका समयमा पानी पर्याप्त पिउनु, छायाँमा रहनु, र शरीरलाई शीतल राख्ने उपायहरू अपनाउनु अत्यावश्यक हुन्छ।