
विश्वका घुम्नकालागी १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको छ । लोन्ली प्लानेटले आगामी वर्ष घुम्न उत्कृष्ट हुने दश देशहरुको नाम सार्वजनिक गरेको सूचीमा नेपाल पनि परेको हो । लोन्ली प्लानेट ५० वर्ष पुरानो विश्वव्यापी यात्रा गाइड किताब हो । यसैले नेपालका पर्यटन व्यवसायी विश्वका घुम्नकालागि दश उत्कृष्ट देशमा नेपाल परेकोमा खुशी भएका छन् ।
लोन्ली प्लानेटमा यात्रासम्बन्धि थुप्रै किसिमका विवरण र जानकारीहरु समावेश हुन्छन् । त्यसैले सन् २०२२ मा घुम्न उत्कृष्ट हुने देशको सूची सिएनएनले प्रकाशन गरेको छ । नेपालको कुरा गर्दा विश्वको उच्च शिख सगरमाथा नछुट्ने भए पनि यहाँ पर्यटककालागि अरु पनि धेरै कुराहरु रहेको उल्लेख गरिएको छ । हिमालपारीका जिल्ला मुस्ताङ यात्रादेखि यहाँका होमस्ट, खानेकुरा, कफी, चौरीको घिउ लगायत आकर्षण भएको सिएनएनले लेखेको छ । लोन्ली प्लानेटको सूचीमा रहेका नेपाल सहित दश देश यस प्रकार छन् ।
इजिप्ट, मालावी, नेपाल, ओमन, एंगुइला, स्लोभनिया, बेलिजे, मोरिसस, नर्वे, कूक आइल्याण्ड रहेको जनाइएको छ ।