
ग्लास फिश भनिने साना माछाहरूले घेरिएको एउटा हरियो समुद्री कछुवाको तस्बिरका लागि एमी ज्यानलाई यस वर्षको ओशन फोटोग्राफर अफ यीअर घोषित गरिएको छ।
उनले यो तस्बिर पश्चिम अस्ट्रेलियाको निङ्गलू रीफमा खिचेकी हुन्। ओशनोग्राफिक म्यागजीनले आयोजना गरेको उक्त प्रतियोगिताको उद्देश्य समुद्रको सौन्दर्य तथा समुद्रले खेप्नुपरेको जोखिम देखाउनु रहेको छ।

हेन्ली स्पीअर्सले स्कटल्यान्डमा शेटल्यान्ड द्वीपनजिकै खिचेको पानीमा गोता हान्दै गरेको ग्यानट चराको तस्बिरले प्रतियोगितामा द्वितीय स्थान पायो ।


समुद्री संसारको तस्बिर खिच्ने महिलाका लागि प्रेरणा दिन स्थापित फिमेल फिफ्टी फ्याथम्स अवार्ड लस एन्जलिसमा बस्ने फोटोग्राफर तथा जीवविज्ञान शिक्षिका रेनी क्यापोजोलाले हात पारिन्। उनले फ्रेन्च पोलिनेशियामा सूर्यास्तको बेला ब्ल्याकटिप रीफ शार्कको तस्बिर खिचेकी थिइन्।

यङ ओशन फोटोग्राफर अफ द यीअहरको उपाधि हाना ले लिऊले हात पारिन्।
उनले हरियो समुद्री कछुवाको बच्चा पानीभित्रबाट माथितिर आइरहेको बेला भोका चराहरू आकाशमा घुमिरहेको दृश्य अस्ट्रेलियाको हेरन द्वीपमा खिचेकी थिइन्। बीबीसी
सबै तस्बिरको सर्वाधिकार सुरक्षित



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…