रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगार


     नेचर न्युज    
     श्रावण १७ गते २०८२ मा प्रकाशित


 
पोखरा : पर्यटकीय राजधानी पोखरामा शुक्रबार देखि रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले आरयु फेष्ट सुरु भएको छ ।

पोखरा महानगरपालिका संगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपी को प्राविधिक सहयोगमा हरित रोजगार सिर्जना परियोजना अन्तर्गत दुई दिने आरयु फेष्ट सुरु भएको हो । 
फोहोरलाई खजना बनाउने मुलमन्त्र सहित गरिएको फेस्टिभलले पोखरा र देशकै हरित विकासकालागि एक नवीनतम प्रयासको रुपमा रहने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । फेस्टिभलबाट वातावरणमैत्री र सुरक्षित भविष्य निर्माण गर्ने लक्ष्य रहेको बताइएको छ । 
“दैनिक जीवनमा प्रयोगहीन सामाग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जना सहित चक्रीय अर्थतन्त्रको निर्माणमा फेस्टिभलमा नयाँ ज्ञान, सीप फेस्टिभलमा प्रदर्शन गरिएको छ । उद्यमशीलता र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुग्ने गरी फेस्टिभलमा रिसाइक्लिङ र अपसाइक्लिङ सम्बन्धी नेपालको मौलिक सीप र दक्षिण कोरियाको चक्रीय अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभवहरू आदान प्रदान सुरु भएको  छ । 

फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधि माथि संवाद सुरु भएको छ ।  दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरू लगायत विषयहरू माथि चर्चा परिचर्चा पनि सुरु भएको छ । 

हाल रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९।८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०।८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा जिभिजेड सेन्टर निर्माण भइरहेको  छ । नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माणको काम भइरहेको छ ।

पोखरा महानगरपालिका क्षेत्रमा १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको पोखरा महानगरपालिकाका मेयर आचार्यले बताए ।  यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने र हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । परियोजना मार्फत आगामी २ वर्षमा  ३  हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ ।