
फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपाल आएका छन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि आज नेपाल आएको बताए ।
टोली आज काठमाडौं आएपनि सुटिङ स्थलतर्फ कहिले प्रस्थान गर्छ भन्नेमा केही खुलाइएको छैन । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाँकन गर्ने कार्यक्रम छ । चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली भदौ अन्तिमतिर मुस्ताङ पुगेको थियो ।
मनाङमा करिब १० दिन सो फिल्मको छायाङ्कन हुने बताइएको छ । यस्तै नेपालमा अन्य स्थानसमेत छनोट भएको बताइए पनि थप खुलाइएको छैन । यसैबीच अभिनेता अनुपम खेरले लामो समयपछि काठमाडौं आउने मौका मिलेको भन्दै ट्वीटरमार्फत खुसी व्यक्त गरेका छन् ।
चलचित्र ‘उचाई’को छायांकनका लागि नेपाल आएका बलिउडका सफल कलाकार अनुपम खेर मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पुजा गरेका छन् । पशुपतिमा पुगेर पुजा गरेपछि उनले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै भनेका छन्–‘नेपालको राजधानी काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरमा आएर पुजा गर्ने अवसर मिलेको छ । यहाँ आएर पुजा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु । बर्षौ पहिले यस्ता मन्दिरहरुको स्थापना भएको छ । यो देखेर आनन्द महशुश हुन्छ ।’



पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
हिन्दूकुह हिमालय संसदीय बैठक सोमबार देखि काठमाडौंमा सुरु भएको छ । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा,…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
कृषि प्रधान देश नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गथ्यो । नेपालमा समय अनुसार वैज्ञानिक खेती प्रणाली…