संरक्षण, सम्वद्र्धन र विकास गरेको सामुदायिक वनलाई मुलुकको समृद्धिसंग जोड्नु पर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । वन विज्ञान अध्ययन संस्थामा अध्ययनरत विद्यार्थीको संस्था टेरा कन्जर्भेसन सोसाईटीद्धारा आयोजित सामुदायिक वन विषयक अन्तरसम्वाद कार्यक्रमका वक्ताहरुले प्राकृतिक श्रोतको उपयोग गर्नुपर्नेमा जोड दिएका हुन ।
स्वदेशी काठको सदुपयोग गर्दै विदेशी काठको आयातलाई विस्तापित गर्नुपर्नेमा जोड दिंदै कार्यक्रमका सहभागिहरुले सामुदायिक वन उपभोक्ताले संरक्षणमा पु¥याएको योगदान र वन प्राविधिकको ज्ञानलाई उपयोग गर्नुपर्ने आवश्यकता औल्याए । वन क्षेत्रको काठ मात्र नभई महत्वपूर्ण जडिवुटी,वन्य जन्तु लगायत जैविविक विविधाको संरक्षण र उपयोग गर्दै रोजगार सिर्जना गर्दै आयआर्जनको माध्येम बनाउनु पर्ने सामुहिक धारणा रहेको छ ।
गण्डकी प्रदेश वननिर्देशनालयका उपसचिव करुणा कार्कीले वन पैदावार उपयोगमा सर्वसुलभ नीति निर्माणमा प्रदेश सरकारले सक्दो प्रयास गर्दै आएको बताउँदै त्यसका लागि संघ सरकारको महत्वपूर्ण भूमिका रहने बताए । सामुदायिक वनमा सस्थागत र सुशासनको पाटो कमजोर रहेको बताउँदै उनले स्वदेशी काठ उपयोगमा सर्वसुलव नीति अवलम्वन गरि विदेशी काठ आयातलाई विस्तापित गनुपर्ने आवश्यकता रहेकाे बताए ।
वन उद्यममा उत्पादिन उत्पादनको बजारिकण गर्नुपर्नेमा उनले जाेड दिए । सामुदायिक वन पउभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले नेपाल विश्वसामु सामुदायिक वनको देशका रुपमा परिचित भएको बताउँदै यसको भरपुर उपयोगमा तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताए । वन विभागको नयाँ तथ्याङ्क अनुसार हाल मुलुकमा २३ हजार २६ सामुदायिक वन समुहका ३१ लाख ९५ हजार ३९२ घरधुरीले २४ लाख २५ हजार ३९२ दशमलव ६० हेक्टर क्षेत्रफलको व्यवस्थापन गर्दै आएको जानकारी दिए ।
वन विज्ञान अध्ययन संस्थानका उपप्राध्यापक डा. लिला पुरीले सामुदायिक वनबाट मुलुक र उपभोक्ताले उपव्धिलिन नसकेको बताउँदै वन पैदावारलाई मुलुकको सम्वृद्धिको आधार बताउनु पर्ने आवश्यकता औल्याए। पोखरा महानगरपालिका वडा नं. १५ वडा सदस्य बलराम पौडेलले हरियाली प्रवद्र्धनका लागि महानगरले एक घर दुई विरुवाको अवधारणा अघि बढाएको जानकारी दिए । प्राध्यापक विकास अधिकारीले सहजिकरण गर्नुभएको कार्यक्रममा टेरा कन्जर्भेसन सोसाईटीका अध्यक्ष अभिषेक चौधरी, प्रदिप सापकोटा लगायत विद्यार्थीले उत्सुक्ताका साथ सामुदायिक वनका सम्वन्धमा जानकारी दिनु दिएका थिए ।