
पोखरा : नेपाली रक ब्याण्ड 1974 AD व्याण्डले पोखरामा लाइभ कन्सर्ट गर्ने भएको छ । पोखराको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा मंसिर २३ गते लाइभ कन्सर्ट गर्ने भएको हो । कन्सर्टमा नयाँ तथा पुराना गीत सुनाउँदै व्याण्डले चिसो मौसममा संगितको माध्यमबाट न्यानो माहोल तयार गर्ने भएको छ ।
पोखरामा ज्ञढठद्ध ब्म् को लाइभ कन्सर्ट हुने भएपछि फ्यान उत्साहित भएछन् । व्याण्डमा एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङदेन, निराकार याक्यथुम्बा र मनोजकुमार केसी रहेका छन् । यो व्याण्ड १९९० को प्रारम्भमा काठमाडौंबाट गठन भएको थियो। व्याण्डले नेपाली लोक, राग, रक, फङ्क, ब्लुज र ज्याजलगायत विभिन्न विधाका सङ्गीत प्रयोग गर्दै आएको छ ।
व्याण्डका “नेपाली,” “सम्बोधन,” “पहिलो जुनिमा,” “परेलिमा,” “साँझी बसु” र “चुडैना टिमरो मायाले” लगाएका गीतहरू नेपाली संगीतमा हिट छन् । उनीहरुको सर्वाधिक बिक्रि भएको एल्बम सताब्दीको ‘नेपाली हो’ गीत अहिलेसम्मकै सबैभन्दा बढी देशभक्तिपूर्ण व्यावसायिक गीत मानिन्छ ।
मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार रहेको बार म्यानेजर हरि पौडेलले बताए ।उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए ।
प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा करिब १ हजार जनाको क्षमता रहेको पौडेलले बताए । उनले फेवा फन्ट, बाल्कुन्नी लगाएका ठाउँबाट फेवाताल र शान्ती स्तुप, रानी बनको दृश्य हेर्न सकिने बताए । म्युजिक सँगै खानामा रमाउन सकिने पौडेले बताए ।



पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
हिन्दूकुह हिमालय संसदीय बैठक सोमबार देखि काठमाडौंमा सुरु भएको छ । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा,…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
कृषि प्रधान देश नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गथ्यो । नेपालमा समय अनुसार वैज्ञानिक खेती प्रणाली…