
हुम्लामा वर्षा याम सुरु हुनु अघि नै भएको वर्षाबाट आएको बाढीले स्थानीय घर, पसलमा क्षति पु¥याएको छ । हुम्लाको आदानचुलिमा अाएकाे बाढीले दश भन्दा बढि घर, पसलमा क्षति पु¥याउनुको साथै २७ बढि बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
गाउँपालिकाका आइते बुढाको गोठ भत्कँदा बाख्रा मर्नुको साथै बाढीमा परी बगाएका २९ वटा बाख्राको उद्धा गरिएको र २५ बाख्रा हराएको पनि प्रहरीले जनाएको छ । बाढीले पु¥र्याएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।