अन्नपूर्ण संरक्षण क्षेत्रमा डाँफे, मुनालको चोरी शिकारी नियन्त्रण गर्न जासुसी क्यामेरा जडान गरिने


     नेचर न्युज    
     वैशाख २० गते २०८२ मा प्रकाशित


गरिनेमाछापुच्छ्रे, कास्की ः  कास्कीका माछापुच्छ्रे« गाउँपालिका स्थित अन्नपूर्ण संरक्षण क्षेत्रमा डाँफे, मुनाल लगायत कालिज प्रजातिको गणना गरी संरक्षणको योजना अगाडी सारिएको छ । हालै कालिज प्रजातिका चराको गणनाको क्रममा संरक्षण क्षेत्रमा कालिज मार्न पासो थापिएको पाइएपछि संरक्षणको लागि थप कडाइको साथ योजना बनाइने भएको हो ।

जैविक विविधता संरक्षण समाज नेपाल र वल्ड फेजेन्ट एसोसिएसनको संयुक्त आयोजना र अन्नपूर्ण संरक्षण क्षेत्रको सहकार्यमा हालै कालिज प्रजातिको सर्वेक्षण गरिएको हो ।अन्नपूर्ण संरक्षण क्षेत्रको माछापुच्छ्रे« हिमाल क्षेत्रको पिलिचो, पिपर, खुमई, कोर्चा, लुब्रचु, चिचिम्ले लगायतको क्षेत्रमा कालिज प्रजातिको गणना गरिएकोमा त्यस क्षेत्रमा डाँफे १ सय ४६, मुनाल १ सय ४८, प्यूरा १ सय ७० र फोक्रास १९ वटा फेला परेको हो । चरा गणनाको क्रममा यस क्षेत्रमा २ सय प्रजातिका पंक्षीहरु फेला परेको बायोकोस नेपालका निर्देशक पारस बिक्रम सिंहले बताए । 

१९ जना अनुसन्धानकर्ता र सहयोगीहरूको भिन्न भिन्न समूहले फरक फरक ठाउँमा संयुक्त रुपमा गणना गरेका थिए । यस अघि सन् १९७६ देखि विभिन्न समयमा गरिएको सर्भेक्षणमा ३ सय १४ प्रजातिका चराहरू पाइएका थिए । नेपालमा ८९९ प्रजातिका चराहरू पाइन्छन् । यो संख्या विश्वको ८ प्रतिशत हो । सानो भौगोलिक क्षेत्र भएर पनि नेपालको हिमाल, पहाड, तराईमा जैविक विविधताका कारण धनी छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा ५ सय १८ प्रजातिका चरा पाइन्छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्रको माछापुच्छ्रे«  क्षेत्र एकै ठाउँमा ६ प्रजातिका कालिज प्रजातिका चरा पाइने क्षेत्रको रुपमा विश्वमै परिचित छ । यसैले पनि विश्वका चरा हेर्न मनपराउने पर्यटककालागि यस क्षेत्र उत्कृष्ट गन्तव्य बन्न सक्ने भएर पनि त्यस अनुसार विकास भने हुन नसकेको विज्ञ बताउँछन् । माछापुच्छ्रे« हिमाल क्षेत्र विश्वमा पिपर सेन्चुरी, पिपर रिजर्भको रुपमा पंक्षी अवलोकनकर्ता र अनुसन्धानकर्ताहरू माझ प्रसिद्ध छ । अन्नपूर्ण संरक्षण क्षेत्रको स्थापना हुनु अघि नै यस क्षेत्रमा बेलायतका चरा विज्ञहरूले कालिज प्रजातिका चराको अनुसन्धान गरेकोले पनि त्यति बेला देखि नै यस क्षेत्र चरा प्रेमीमाझ प्रसिद्ध रहेको बायोकोस नेपालका अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

 हिमाल, पहाड र तराईको विविधताका कारण नेपाल अन्तर्राष्ट्रिय रुपमा चरा पर्यटनकालागि आकर्षक गन्तव्य बन्न सक्ने भएर पनि त्यस रुपमा फाइदा लिन नसकिएको बर्डलाइफ इन्टरनेशनलका वरिष्ठ एसिया साझेदार प्रबन्धक डा हुम गुरुङ बताउँछन् । नेपालमा ४२ वटा चरा पाइने महत्त्वपूर्ण क्षेत्र रहेको र अन्नपूर्णको संरक्षण क्षेत्र एक भएको पनि उनले बताए । चरा पर्यटनको रुपमा आर्थिक लाभ लिन सकिने बताउँदै उनले चरालाई मारेर होइन, चरा देखाएर आर्थिक लाभ लिन सकिने भएकोले चरा संरक्षणमा जोड दिए । 

चरा र वन्यजन्तुलाई पासो, संरक्षणमा चुनौती 

अन्नपूर्ण संरक्षण क्षेत्रमा चरा र वन्यजन्तुलाई पासो थापेर मार्ने गरेको पाईको छ । बेला बेलामा यस्ता घट्ना हुने गरेको हो । कालिज प्रजातिका चराको गणनाको क्रममा पनि विभिन्न ठाउँमा चरा मार्न पासो थापेको पाइएको अनुसन्धानमा संलग्न पवन राईले बताए ।

कालिज अनुसन्धानका क्रममा पासोमै कालिज मरेका र जिउँदै समेत फेला पारेर उद्धार गरेर प्रकृतिमै फर्काइएको पनि उनले बताए ।वन्यजन्तु संरक्षणमा अवैध चोरी शिकारी प्रमुख चुनौतीका रुपमा देखिँदै आएको पनि उनले बताए । यस्ता गतिविधि नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र बायोकस नेपालले स्मार्ट नामक मोबाइल एप आरित गस्ती प्रणाली सुरु गरेको बताइएको छ । यसको साथै ट्रेल क्यामराको प्रयोगद्वारा निगरानी प्रणालीलाई थप मजबुत बनाइएको पनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए ।चरा र अन्य वन्यजन्तु संरक्षणकालागि बढी चोरी शिकार हुने क्षेत्रमा जासुसी क्यामेरा समेत जडान गरी अन्नपूर्ण संरक्षण क्षेत्रको कार्यालयबाटै निगरानी गर्ने गरी काम अघि बढाइने पनि डा कडरियाले बताए ।

क्यामेराले निगरानी गरेपछि शिकारीको पहिचान गरेर कानुनी दायरामा ल्याइने पनि उनले बताए । स्थानीय समुदायहरूलाई परिचालन गरी संरक्षणका कामलाई पहिलेकै झैँ गस्ती गर्ने पनि उनले बताए । राष्ट्रिय चरा डाँफे मारेको अवस्थामा तीन वर्ष जेल जाने र अरू चरा मारेको अवस्थामा ३० हजार जरिवाना हुने पनि उनले बताए । स्थानीय निकाय माछापुच्छ्रे« गाउँपालिका, ग्रेट माछापुच्छ्रे« टे«ल समिति लगायत स्थानीय समुदायको सक्रियता सहभागितामा संरक्षण र अनुसन्धानलाई जोड दिइएको बताइएको छ । डाँफे , मुनाल लगायतका कालिज प्रजातिका पक्षीको संरक्षण गर्दै संख्या बढाएर माछापुच्छ्रे« क्षेत्रलाई प्रमुख चरा पर्यटन गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिइएको बताइएको छ ।