
पाेखरा: कोरोना भाइरसको त्रासमा नेपालीहरूले विक्रम संवत् २०७७ लाई बिदाई गर्दै नयाँ वर्ष २०७८ लाई स्वागत गरेका छन्। नयाँ वर्ष मनाउन पाेखराका विभिन्न पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । सङ्क्रमण बढ्दै गएकाले सरकारले २५ जनाभन्दा बढी सहभागी नहुन हालै निर्देशन दिए पनि पाेखराकाे तालबाराही मन्दिरमा दर्शन गर्नेकाे भिड लाग्याे । पाेखराकाे अन्य पर्यटकीय स्थलमा विश्वशान्ति स्तूपा , पाताले छाँगाे, विन्ध्यवासिनि मन्दिर लगायतमा पनि उस्तै भिड लागेकाे थियाे ।


नेपाल आइडल सज्जाले तताइन लेकसाइड
नयाँ वर्ष २०७८ लाई स्वागत विक्रम संवत् २०७६ साललाई बिदाई गर्न पोखराको लेकसाइडका रेष्टुरेण्टहरुले चर्चित कलाकार ल्याएर सांस्कृतिक कार्यक्रम गरेका छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एन्ड ग्रिलले नयाँ वर्ष स्पेसल बनाउन नेपाल आइडल सिजन ३ कि विजेता सज्जा चौलागाईलाई स्टेजमा उतारेकाे थियाे ।
सज्जाले नयाँ वर्षलाई स्वागत गर्दै मंगलबार राति लेकसाइड तताइन् । देशका बिभिन्न शहरबाट आएका स्वदेशी र बिभिन्न देशबाट आएका केही पर्यटक पनि सज्जाको गीतमा रमाउँदै नयाँ वर्ष २०७८ लाई स्वागत गरेका थिए । सज्जाले म संसार जित्ने आँट गर्दैछु लगायतका दर्जन बढी गीत प्रस्तुत गरेकी थिइन ।
वैशाख १ गते नयाँ वर्षको साँझ भ्वाइस अफ नेपालका सुशान्त गौतमको प्रस्तुती दिएकाे प्याराडिसो स्पोर्टस बार एन्ड ग्रिलका म्यानेजर हरि पौडेलले बताए । लेकसाइडका बिजीबीमा स्थानीय ब्याण्डका कलाकारले गित प्रस्तुत गरेका थिए । यसरी लेकसाइडका बिभिन्न रेष्टुरेण्ट तथा होटलहरुमा नयाँ वर्षलाई स्वागत गर्न सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

प्रस्तुति दिदै नेपाल आइडल सिजन ३ कि विजेता सज्जा चौलागाई ।




भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
पोखरा : पशु उपचारमा प्रयोग गरिने भेटेरिनरी औषधीका कारण ९० को दशकमा दक्षिण एशिसामा ठूलो संख्यामा घटेका गिद्ध संरक्षण कार्यक्रम पछि स्थिर अवस्थामा आएको…