
जेठ ३० झापा l मेचीनगर नगरपालिकाबाट कालो सालक (Chinese Pangolin) को उद्धार गरिएको छ। बिहानको समयमा बाटो नजिकै सो सालक फेला परेको थियो। स्थानीय संरक्षणकर्मीहरू शंकर लुइँटेल तथा स्वदेश पौडेलले उक्त सालक देखेपछि उद्धारको लागी पहल सुरु गरेका थिए ।
सालकको लजालु स्वभाव र सुरक्षालाई मध्यनजर गर्दै मानिसको भिडबाट टाढा लैजाने क्रममा सालकलाई सुरक्षा निकाय सामु पुर्याइयो। त्यसपछि डिभिजन वन कार्यालयमा यस विषयमा जानकारी गराइएको थियो।
वन कार्यालयबाट सालकलाई प्राकृतिक वासस्थानमा छोड्नु उपयुक्त हुने कुराको निर्णय भयो। वन कार्यालयबाट खटिएका कर्मचारी, सामुदायिक वनका प्रतिनिधि तथा संरक्षणकर्मीहरूको उपस्थितिमा सालकलाई आजै सालक भेटिएको ठाउँ नजिकको जङ्गलमा छाडिएको छ। यो प्रजाती विश्वमै दुर्लभ (Critically Endangered) मानिन्छl
(सन्दिप लुइँटेल हाल वन विज्ञानमा स्नातक तहमा अध्ययन गरिरहेका छन्l उनी सरीसृप तथा स्तनधारी वन्यजन्तुको अध्ययन र संरक्षणमा रुचि राख्छन्)




भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
पोखरा : पशु उपचारमा प्रयोग गरिने भेटेरिनरी औषधीका कारण ९० को दशकमा दक्षिण एशिसामा ठूलो संख्यामा घटेका गिद्ध संरक्षण कार्यक्रम पछि स्थिर अवस्थामा आएको…