
७२ जनाको ज्यान जाने गरी यति एयरलाइन्सको जहाज दुर्घटना भएको दुई वर्ष पुगेको छ । आफन्त भने उस्तै पीडामा छन् । मंगलबार बिहानै विमान दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्त, साथी भाइ दुर्घटना स्थल सेती नदीको किनार पुगेर धूप बत्ती बालेर र पूजा गरेर आफन्तलाई सम्झिए ।
दुर्घटना स्थल पुगेका आफन्त स्मृति स्तम्भ अघि पुगेर भक्कानिएका थिए । दुई वर्ष अघि माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा सेती नदी किनारमा स्मृति स्तम्भ निर्माण भएको छ ।

सोही स्मृति स्तम्भ अघि आफन्तले धूप बत्ती बालेर र पूजापाठ गरेर आफन्तलाई सम्झेका थिए । दुर्घटना सम्झिँदा अझै घटना आलै भएर आउने र मन पोल्ने दुर्घटनामा आफन्त गुमाएका रुद्र गुरुङ बताउँछन् । ठुलो क्षति हुने गरी यति एयरको विमान दुर्घटना पछिका वर्षहरूमा पनि विमान यात्रा सुरक्षित नभएकोमा दुर्घटना ज्यान गुमाएका आफन्तका परिवारले चिन्ता व्यक्त गरेका छन् ।
यति एयरका विमान दुर्घटना पछि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै जहाज दुर्घटना हुनु र पटक पटक हेलिकोप्टर दुर्घटना दोहोरिएको प्रति पनि आफन्तले चिन्ता व्यक्त गरे ।





पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…