
देशभित्रै कोरोनाभाइरसको महामारी फैलिएपछि गत एप्रिल महिनामा खोप निर्यात रोकेको भारतले आउँदो अक्टोबर महिनाबाट फेरि अन्य देशमा खोप निर्यात गर्ने भएको छ ।
भारतले आप्नो देशमा कोरोना व्यापक फैलिएपछि नेपाल सरकारले खोपकालागि रकम भुक्तानी गरिसकेको अवस्थामा पनि खोप रोकेको थियो । विश्वकै सबभन्दा ठूलो खोप निर्मातामध्ये पर्ने भारतले कोभिड खोप निकासीमा रोक लगाएपछि नेपाल लगायत विश्वभरिका खासगरि विकासोन्मुख देशहरुलाई असर परेको थियो ।
भारतीय स्वास्थ्य मन्त्री मनसुख मांडवियाका अनुसार अक्टोबरमा भारतकै निम्ति त्याहँका खोप निर्माताहरुले करिब ३० करोड मात्रा खोप उत्पादन गर्ने ठानिएको छ । त्योभन्दा बढी उत्पादन भएका खोप निकासी गरिने स्वास्थ्यमन्त्रीले बताएका छन् । स्वास्थ्यमन्त्रीले सोमबार बोल्दै अब भारतले विश्वलाई मद्दत गर्ने र कोभ्याक्स अन्तर्गतको जिम्मेजारी बहन गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।
यो महिना भारतका निर्माताहरुले २६ करोड मात्रा खोप उत्पादन गर्ने ठानिएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिशिल्ड खोप ९२ वटा न्यून आय भएका मुलुकहरुमा कोम्यभ्याक्समार्फत वितरण गरिने बताइएको छ । भारतले सन् २०२१ को अन्त्यसम्म आप्नो सबै वयस्क जनसंख्यालाई खोप लगाइसक्ने बताएको छ । भारतले अहिले सम्म ८२ करोड भन्दा धेरै मात्रा खोप लगाइसकेको बताइएको छ ।



भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
पोखरा : पशु उपचारमा प्रयोग गरिने भेटेरिनरी औषधीका कारण ९० को दशकमा दक्षिण एशिसामा ठूलो संख्यामा घटेका गिद्ध संरक्षण कार्यक्रम पछि स्थिर अवस्थामा आएको…