भेन्टिलेटर कुनामा, बिरामी रिफर अनि मुख्यमन्त्रि गर्छन गफ


     शिवु खनाल     
     श्रावण २२ गते २०७८ मा प्रकाशित


दाङको देउखुरीवासीले गढवामा सर्पदंश उपचार केन्द्र स्थापनासँगै दीपावली गरे । आ—आफ्नै घर आँगनमा सर्पले डसेका बिरामीहरूको उपचार हुने भयो भनेर एक आपसमा खुसी साटे खुसी मनाएका थिए। तर, सर्पदंश उपचार केन्द्र गढवाले गर्नुपर्ने काममा सिन्को बराबर प्रगति भएको छैन । उपचार केन्द्र स्थापनापछि देउखुरी बासीको स्वास्थ्य अवस्थामा आमूल परिवर्तन आउने जुन अपेक्षा थियो त्यो एक रत्ती पूरा भएको छैन ।

२०७६ फागुन १ गते गढवा गाउँपालिका अध्यक्ष सहजराजम अहिरले शिलान्यास गर्नु भएका गढवा सर्पदंश उपचार केन्द्र २०७७ साउन १ गते सर्पदंश उपचार केन्द्र गढवाको तामझामका साथ उद्घाटन सम्पन्न भयो। पहिलो चरणको कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई बेवास्ता गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले एककार्यक्रका बिच उपचार केन्द्रको उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य क्षेत्रमा लुम्बिनी प्रदेशमा उल्लेख सुधार भएको भन्दै जनता माझ नागरिक स्तरमा सरकारी अस्पताल प्रतिको विश्वास नबढेको भाषण गरे तर, मुख्यमन्त्री पोख्रेलको भाषण भाषणमै सीमित बन्यो ।

 गढवामा सर्पदंश उपचार केन्द्र स्थापना भएदेखि अहिलेसम्म एक सय ७४ जना सर्पले डसेका बिरामीहरू उपचारको लागी आएको उपचार केन्द्रको तथ्याङ्कमा देखिन्छ तर, अहिलेसम्म उपचारबाट पूर्णरुपमा निको भई बिरामी घर फर्किएको रेकर्ड सर्पदंश उपचार केन्द्र गढवाको तथ्याङ्कमा छैन । प्रारम्भिक उपचार मात्रै हुन्छ, बिरामीलाई थप उपचारको लागी अनेत्र जिल्ला बाहिर रिफर गरिन्छ । नामको मात्रै सर्पदंश उपचार केन्द्र गढवा, प्रारम्भिक उपचारमै सीमित बन्यो उपचार केन्द्र गढवा ।

 यता ०७७/०७८मा सर्पले डसेर दाङमा पाचजनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन समितिले दाङले जनाएको छ । जसमध्ये घोराहीमा एक जना, लमहीमा एक जना, राजपुरमा दुई जना र शान्तिनगरमा एक जना गरी पाचजनाको सर्पले डसेर मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन केन्द्र दाङको तथ्याङ्कमा रहेको छ । गाउँमा सर्पदंश उपचार केन्द्रको सुविधा त भयो, तर सर्पले डसेर बिरामी पर्दा उपचारको लागी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको स्थानीय कुलबहादुर चौधरीले बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेले तामझामका साथ उद्घाटन गर्नु भएको सर्पदंश उपचार केन्द्र गढवाम तालिम प्राप्त दक्ष जनशक्ति नहुदा भेन्टिलेटर कोठाको कुनामा थन्किएको छ । नेपाल रेडक्रस सोसाइटी काठमाडौँले ले सत्र लाख २५ हजार मूल्यमा खरिद गरी उपचार केन्द्र गढवालाई हस्तान्तरण गरेको थियो । सोही भेन्टिलेटर सञ्चालन गर्ने तालिम प्राप्त जनशक्ति नभएकै कारण उपचार केन्द्रको कोठामा थन्किएको हो । उपचार केन्द्र भवनको एक कोठाको कुनामा विगत पाच महिनादेखि भेन्टिलेटरलाई हरियो कपडाले छापी राखिएको छ ।

‘यहाँ जनशक्तिको अभावै अभावमा बिरामीलाई सेवा प्रदान गरिरहेका छौँ । तालिम प्राप्त सर्प सम्बन्धी एम.वि.वि.एस डक्टर नभएकै कारण सर्पदंश उपचार केन्द्रको कुनामा भेन्टिलेटर थन्किएको हो ।

सर्पदंश उपचार केन्द्र गढवाका व्यवस्थापक देविराम आचार्यले भने, ‘उपचार केन्द्रबाट सर्पले डसेका बिरामीलाई २४ घण्टा सेवा प्रदानको गर्न एक जना एम.वि.वि.एस डक्टर, दुई जना नर्सिङ स्टाफ, दुई जना पारामेडिसेन, दुई जना कार्यालय सहयोगीको आवश्यक हुन्छ तर, त्यो सुविधा छैन यहाँ । जनशक्तिको अभावमा सेवा प्रदान गर्दै आइरहेका छौँ ।’ ‘उपचार केन्द्रबाट २४ सै घण्टा बिरामीलाई सेवा प्रदानको लागी कर्मचारी स्ट्यान्ड बाइ हुनुपर्ने हो, त्यो व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा यहाँ प्रारम्भिक उपचार गरी थप उपचारको लागी अनेत्र पठाउने गरिएको छ।’ यता सहजराम यादवले सर्पदंश उपचार केन्द्रको थप व्यवस्थापन गरिने बताउनुभयो। उहाँले उपचार केन्द्रमा तालिम प्राप्त दक्ष जनशक्ति राख्ने तयारी भइरहेको बताए।

(शिवु खनाल दाङ स्थित पत्रकार हुन् l)