
असोज लागे संगै मुस्ताङका स्याउ पोखरामा बिक्रीका गर्न झरिएकाे छ । स्याउ नपाक्दै टिप्ने अवस्था नआओस भनेर यस अघि स्याउको पकेट क्षेत्र मुस्ताङमा असोज १ गते अघि स्याउ टिप्न नपाईने नियम बनाएको थियो । दशैं नजिकिए सँगै झर्ने मुस्ताङका स्याउ तिहारपछिकाे एक महिना सम्म रहने व्यवसायीले बताएका छन् ।
असोज लागे संगै अहिले मुस्ताङका स्याउ धमाधम टिपेर पोखरा लगायतका बजारमा व्यापारीले लग्न थालेका छन् । मुस्ताङका स्याउ पोखरा, काठमाडौं लगायतका सहरमा बिक्री हुन्छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष गत वर्षको तुलनामा मुस्ताङमा ५ प्रतिशतले स्याउ उत्पादनमा बृद्धि भएको छ । गत वर्ष ५ हजार एक सय मेट्रिक टन स्याउ फलेको बताइएको छ । मुस्ताङमा समुन्द्र सतहदेखि २ हजार सय मिटरदेखि ३ हजार ८ सय मिटरसम्म स्याउ फल्छ ।

असोजको पहिलो साता देखि पोखरामा स्याउ आउन थालेको पोखराको व्यवसायी हरि शर्माले बताए । मुस्ताङको स्याउले तीन महिना पोखराको ९० प्रतिशत सम्म बजार ओगट्ने उनले बताए । त्यती बेला पोखरामा भारतीय र चिनियाँ स्याउ थोरैमात्रामा मात्र आउने पनि उनले सुनाए । अन्य बेला भने पोखरामा चीन, भारत, युरोप लगायतबाट समेत स्याउ आइपुग्ने उनले सुनाए ।



भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
पोखरा : पशु उपचारमा प्रयोग गरिने भेटेरिनरी औषधीका कारण ९० को दशकमा दक्षिण एशिसामा ठूलो संख्यामा घटेका गिद्ध संरक्षण कार्यक्रम पछि स्थिर अवस्थामा आएको…