बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु


     नेचर न्युज    
     भाद्र ३ गते २०८१ मा प्रकाशित


बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । राति १ बजे बुङ्गल नगरपालिका १० स्थित टुमेडामा घरमाथिबाट खसेकाे पहिरोले घर पुरिदा घरभित्र च्यापिएकाे अवस्थामा ४ जनाको शव फेलापरेको हो ।

पहिरोमा परेर ज्यान गुमाउनहरुमा काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामी रहेको प्रहरीले बताएको छ । प्रहरी र स्थानियले पहिरोले क्षतिग्रस्त घरबाट शव निकालेका थिए ।

९ जना सदस्य रहेको घरमाथि सुतिरहेको बेला राति पहिरो खसेको थियो । पहिरो खसेपछि पुरिएका ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।