
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण र समुदायमा आधारित अनुगमन तथा सूचना प्रणाली विषयक अन्तरक्रिया कार्यक्रममा लो— घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङका अध्यक्ष लोप्साङ छोम्पेल बिस्टले आदिवासी जनजातिले परापूर्वकालदेखि नै प्रकृति, वन्यजन्तु, वनस्पति र वातावरण संरक्षणमा योगदान दिएको बताउँदै यसैमा आधारित भएर संरक्षणको नीति नियम र कानुन बन्नु पर्ने जोड दिए ।
मुस्ताङको लोमान्थाङ क्षेत्रका आदिवासी ३५ सय वर्ष अघि देखि बस्दै आएको आफ्नै परम्परागत संस्कृति अनुसार नै प्रकृति, वनस्पतिको संरक्षण पनि गर्दै आएको उनले बताए । पुरानो रीतिरिवाज, संस्कृति पछिल्लो समयमा अतिक्रमणमा परेको बताउँदै युवा पुस्ताले संरक्षण गर्नु पर्ने उनले बताए । जनप्रतिनिधि समस्या र समाधान बिचको पुल भएको बनाउँदै समस्याको समाधानका काम हुँदै आएको पनि उनले सुनाए । जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दा मुस्ताङका विभिन्न गाउँका बस्ती नै पानी भएका क्षेत्रमा सार्नु परेका बताउँदै संरक्षणमा आधारित कानुन बन्नु पर्नेमा उनले जोड दिए ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छयुमी विष्ट गुरुङले जलवायु परिवर्तनको असर हिमाली जिल्ला मुस्ताङमा देखिसकेकोले संरक्षण कार्यक्रम ल्याउन ढिला गर्न नहुनेमा जोड दिइन् । आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा केन्द्रका फिल्ड संयोजक नरेन्द्र लामाले आदिवासी जनजातिको परम्परागत संस्कृति प्रकृति संरक्षणमा आधारित भएकोले राज्यले यसको अनुसरण गर्दै कानुन बनाउनु पर्ने बताए । जनजातिको अधिकार संरक्षणमा पनि उनले जोड दिए ।

कार्यक्रममा आदिवासी जनजातिको अधिकारमा आधारित संरक्षणका बारेमा विश्वास चेपाङले बोलेका थिए । यस्तै गरी अन्नपूर्ण संरक्षण क्षेत्रमा भएका अधिकारमा आधारित संरक्षणका अभ्यासका बारेमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरिया र आदिवासी जनजातिको अधिकारमा आधारित संरक्षण कानुनका विषयमा अधिवक्ता जुनाकुमारी गुरुङले बोलेकी थिइन ।

कार्यक्रममा मुस्ताङका युवाहरूको सहभागिता रहेको थियो । युवाहरूमा अधिकारमा आधारित संरक्षण र समुदायमा आधारित अनुगमन तथा सूचना प्रणालीका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम भएको आयोजकले बताएका छन् ।




पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…