
अन्नपूर्ण संरक्षण क्षेत्रमा हिमालकी रानी भनेर चिनिने हिउँ चितुवाको गणना सुरु भएको छ । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका ३ हजार देखि ५३ सय मिटर उचाईमा २२५ वटा क्यामेरा राखेर हिउँ चितुवा गणना सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले जानकारी दिए ।
मनाङ जिल्ला तर्फ क्यामेरा राखिसकिएको र मुस्ताङ तर्फ हिउँ चितुवाको गतिविधि हुने क्षेत्रमा क्यामेरा राख्ने काम भइरहेको डा कडरियाले बताए । नेपाल सरकार र वन तथा वातावरण मन्त्रालयले सन् २०२४ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा हिउँ चितुवाको संख्या ३९७ रहेको अनुमान छ ।
यस अघि सिमित क्षेत्रमा क्यामेरा राखेर हिउँ चितुवाको संख्या अनुमान गरिएको थियो । नेपाल सरकार र वन तथा वातावरण मन्त्रालयले सन् २०२४ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रमा ३४ वटा हिउँ चितुवा रहेको अनुमान गरिएको थियो । अहिले २२५ क्यामेरा राखेर ति क्यामेराले खिचेका तस्बिर हेरेर वैज्ञानिक विधि अनुसार एक्याप क्षेत्रमा कति हिउँ चितुवा छन् भन्ने तथ्याङ्क आउने विश्वास गरिएको छ ।
नेपालमा ३ हजार देखि ५५ सय मिटर सम्मको उचाईका उच्च हिमाली क्षेत्रमा हिउँ चितुवा पाईन्छ । नेपालमा हिउँ चितुवा पाइएका क्षेत्रको ५८ प्रतिशत संरक्षित क्षेत्र भित्र पर्छ । ४२ प्रतिशत संरक्षित क्षेत्र बाहिर पर्छ । दक्षिण र दक्षिणपूर्वि एसियाका १२ वटा देशमा हिउँ चितुवा पाइन्छन् ।विश्वमा ४ हजार देखि ६ हजारको संख्यामा हिउँ चितुवा रहेको अनुमान रहेको छ ।
हिउँ चितुवा संरक्षणका चुनौतिहरु
नेपालमा हिउँ चितुवा र मानव विचको द्वन्द्व विशेष गरी पशुधनको क्षतिका कारण प्रतिसोधका लागि मार्ने, वासस्थानमा ह्रास, अवैध व्यापार र जलवायु परिवर्तन जस्ता चुनौतीहरु देखा परेका छन् ।
राहतको व्यवस्था
नेपालमा वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण निर्देशिका बमोजिम हिउँ चितुवाले भेडा च्याङ्ग्राको क्षति गरेमा बढीमा १०,००० र याक, चौरी, घोडा, खच्चड, जस्ता वन्यजन्तुको क्षति गरेमा बढीमा ६०,००० सम्म राहत उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ । हिउँ चितुवा संरक्षणकालागि पशुधनको क्षति भएर अनुसार राहात दिने र स्थानीय समुदायलाई हिउँ चितुवाको महत्व मानव जीवनकालागि किन छ भन्ने बुझाएर संरक्षणमा लगाउनु पर्ने संरक्षण विद्ध बताउँछन् ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…