
कास्कीको ताङतिङ गाउँमा वन कुकुर संरक्षण र पर्यापर्यटनको काम गरिने
कृष्णमणि बराल
पोखरा ः वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट एकमा परेको छ । यो वर्ष नेपालको सिठ्ठी बजाउने सिकारीहरुमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवर्दधन नामक परियोजना विश्वभरिका उत्कृष्ट ६ भित्र मनोनीत भएको थियो । उत्कृष्ट ६ भित्र परेपछि सुरु भएको भोटिङका आधारमा नेपाली परियोजना उत्कृष्ट भएको हो ।
युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट भएको हो । परियोजना उत्कृष्ट एकमा परेसंगै परियोजनाले ३० हजार युरो प्राप्त गर्नेछ । प्राप्त रकमबाट कास्कीको मादी गाउँपालिकामा वन कुकुरको अनुसन्धान र संरक्षणका काम गरिने प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले बताए । सन् २०१७ र २०२१ मा मादी २ ताङतिङमा प्रकृतिका साथीहरु नामक संस्थाले वन कुकुर अनुसन्धानकालागि राखेको क्यामेरा ट्यापिङमा त्यस क्षेत्रमा हराएका वन कुकुर पुन देखिएका थिए ।
ताङतिङ गाउँमा यो प्रजातिलाई पर्यटन र आयआर्जनसँग जोड्ने योजना सहित परियोजना अघि बढाउने लक्ष्या रहेको बताइएको छ । वन कुकुरलाई स्थानीय समुदायले प्याउँ भनेर चिन्दछन् । यस प्रजातिको संंरक्षणकालागि जनचेतना, पानीको स्रोतकालागि पोखरी निर्माण, नेचर गाइड तालिम, फोहर व्यवस्थापन लगायतका संरक्षण कार्यक्रम सञ्चालन गरिने पनि उनले बताए । जंगलमा फ्याँकिएका प्लास्टिक जम्मा गरेर हस्तकलाका सामाग्रि बनाएर बिक्री गरिने पनि उनले बताए ।
वन कुकुर किन संरक्षण गर्ने ?
दुर्लभ वन कुकुर संकटमा रहेको विज्ञ बताउँछन् । यो लोपन्मुख वन कुकुर विश्वमै दुर्लभ मानिन्छ । यसको संख्या ९४९ देखि २२१५ को बीचमा रहेको अनुमान गरिएको छ । नेपामा भने ५ सय भन्दा कम मात्र रहेको आचार्य बताउँछन् । वन कुकुरको संख्या तीव्र गतिमा घट्दै गइरहेको कारण संरक्षण गर्नु पर्ने अवस्था रहेको विज्ञ बताउँछन् ।
सन् १९७० सम्म नेपालका धेरै भूभागमा पाइने भए पनि पछिल्लो समयमा केही सीमित स्थानमा मात्र अभिलेख गरिएको पनि उनले बताए । यसको संख्यामा आएको गिरावटको मुख्य कारण आहारा प्रजातिको कमी, मानिससँगको द्वन्द्व, कृषि क्षेत्र विस्तार, प्रतिशोध स्वरुप मारिनु लगायत रहेको बताइएको छ ।
भोट गरेर परियोना उत्कृष्ट एकमा पर्न सक्यो भने यसले आर्थिक स्रोत जुटाउने मात्र नभएर पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताइएको छ । वन कुकुर (ढोले) प्रजातिको नामले चिनिने यो वन्यजन्तु कुनै समय अन्नपूर्ण संरक्षण क्षेत्रमा हराएको मानिन्थ्यो । पछिल्ला केही वर्षमा गरिएको अध्ययनले सो प्रजाति पुनः देखापरेको बताइएको छ । मादी गाउँपालिकाको क्षेत्रमा भेटिएका सो प्रजाति पुनः हराउन सक्ने अवस्था प्रति संरक्षणकर्मी चिन्तित छन् । बिगतमा स्थानीय समुदायसँगको द्वन्द्वको कारण वन कुकुर प्रजातिलाई ठूलो क्षति पुगेको यस क्षेत्रमा लामोसमय देखि अध्ययन तथा संरक्षणमा संलग्न प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्य बताउँछन् ।
यसैले मादी गाउँपालिका विशेष गरी ताङतिङ गाउँमा यो प्रजातिलाई पर्यटन र आयआर्जनसँग जोड्ने योजना सहित परियोजना अघि बढाउने लक्ष्य अनुसार काम गरिने उनले बताए । वन कुकुरलाई स्थानीय समुदायले प्याउँ भनेर चिन्दछन् । यस प्रजातिको संंरक्षणकालागि जनचेतना, पानीको स्रोतकालागि पोखरी निर्माण, नेचर गाइड तालिम, फोहर व्यवस्थापन लगायतका संरक्षण कार्यक्रम सञ्चालन गरिने पर्ने पनि उनले बताए ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…