
पोखराका ऋषि बरालले खैरो भालु विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्। जापानको होक्काइडो विश्वविद्यालय अन्तर्गतको पशु चिकित्सा संकायको वन्यजन्तु जीवविज्ञान तथा चिकित्सा प्रयोगशालाबाट उनले सफलतापूर्वक पीएचडी पूरा गरेका हुन्।
नेपालको हिमाली क्षेत्रमा पाइने खैरो भालु तथा अन्य मांसाहारी वन्यजन्तुको आनुवंशिक संरचना, वासस्थान, आहारा र शिकार व्यवहारसम्बन्धी बरालको अनुसन्धान वन्यजन्तु संरक्षणका लागि अत्यन्त महत्वपूर्ण रहेको यस क्षेत्रका विज्ञहरूले बताएका छन्। उनले मुस्ताङ जिल्लाको उपल्लो मुस्ताङ क्षेत्रमा केन्द्रित रहेर खैरो भालुमा अनुसन्धान गरेका थिए। विद्यावारिधिको अन्तिम प्रस्तुति (डिफेन्स) सफलतापूर्वक सम्पन्न गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो खुशी व्यक्त गरेका छन् ।
बराल अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा संरक्षण अधिकृतका रूपमा कार्यरत रहँदै खैरो भालुमा विद्यावारिधि अध्ययनका लागि जापानको होक्काइडो विश्वविद्यालय पुगेका थिए। उनि प्रकृतिका साथीहरु संस्थामा पनि आवद्ध छन् । जापान जानु अघि उनले अन्नपूर्ण संरक्षण क्षेत्रमा संरक्षण अधिकृतका रूपमा कार्य गर्नुका साथै विभिन्न वन्यजन्तु अनुसन्धान, संरक्षण अभियान तथा गाउँ र विद्यालयस्तरका जनचेतनामूलक कार्यक्रममा सक्रिय योगदान दिंदै आएका थिए। साथै, उनले अन्नपूर्ण क्षेत्रका चराहरू, स्तनधारी तथा सरीसृपहरूका बारेमा पुस्तकहरू समेत लेखिसकेका छन्।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…