
पर्वत जिल्लाको थापथाना क्षेत्रमा गुँड बनाई प्रजनन गरेको एक वयस्क सेतो गिद्ध आहार र विचरणका लागि अधिकांश समय पोखरामा बिताउँथ्यो। ढाडमा स्याटेलाइट ट्याग लगाइएको उक्त गिद्धले बचेरा हुर्काइसकेपछि २०८२ कार्तिक १० गते आफ्नो वासस्थान छोड्दै पोखरातर्फ यात्रा सुरु गर्यो।
पोखराको दोभिल्ला र आसपासमा करिब एक हप्ता बिताएपछि कार्तिक १७ गते उसले लामो दूरीको उडान लियो। त्यसै दिन करिब १०० किलोमिटरको हवाई दूरी पार गरी अर्घाखाँचीको सन्धिखर्कमा बास बस्यो। भोलिपल्ट ११६ किलोमिटर उड्दै भारतको उत्तरप्रदेशस्थित लालनगर पुग्यो। दुई दिनपछि करिब ८५ किलोमिटर यात्रा गरी नानपरा क्षेत्रमा पुगेको यो गिद्ध शाह पोल्ट्री फार्मलगायत सिनो र मासुजन्य फोहोर फाल्ने स्थान वरिपरि करिब दुई महिना बस्यो।
पुस २४ गते नानपरा छोडेर नजिकैको तिकुइया, राप्ती नदीको बगर क्षेत्रमा पाँच दिन बिताएपछि पुनः यात्रामा निस्कियो। पुस ३० गते कोइलाबास हुँदै नेपाल फर्किएर करिब ८५ किलोमिटर उडेर दाङको गढवामा बास बस्यो। भोलिपल्ट माघे सङ्क्रान्तिका दिन दाङको लालमटियास्थित जटायु रेस्टुरेन्ट क्षेत्रमा समय बितायो। माघ २ गते फेरि उडान भर्दै करिब १३० किलोमिटरको दूरी पार गरी दाङ, अर्घाखाँची र गुल्मी हुँदै स्याङ्जाको पुतलीबजार पुग्यो। भोलिपल्ट ७६ दिन लामो यात्रालाई बिट मार्दै पुनः पोखराको दोभिल्ला क्षेत्रमा फर्कियो।
सेता गिद्ध । फाइल तस्बिर : कृष्ण भुसाल
भुसालले सेतो गिद्धमा विद्यावारिधी गर्दै छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…