
जंगलमा जथाभाबी फ्याँकिएका प्लास्टिक जन्य फोहोर संकलन गरेर कास्कीको मादी गाउँपालिका ताङतिङमा घुम्न आउने पर्यटककालागि कोसेली दिन हस्तकलाका सामाग्री बनाउन सुरु भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने कास्कीको मादी गाउँपालिका वडा नं ४ ताङतिङमा प्रकृतिका साथीहरू नामक संस्थाले वन्यजन्तु, जैविक विविधतालाई असर पर्ने वनमा फ्याँकिएका प्लास्टिक जन्य फोहोर संकलन गरी हस्तकलाका सामाग्री बनाउने ९ दिने तालिम दिएको हो ।
ताङतिङको जंगलमा वन कुकुर, ध्वाँसे चितुवा, मृग, घोरल, हिमाली कालो भालु, लंगुर, बँदेल लगायतका जंगली जनावर पाइन्छन् । जंगल तथा बस्ती नजिकबाट संकलन गरेर ल्याइएका प्लास्टिक जन्य सामान राम्रो सँग धोइपखाली हस्तकलाका सामाग्री बनाइएको हो । यसरी बनाइएका हस्तकलाका सामाग्री ताङतिङ घुम्न आउने पर्यटकलाई कोसेलीको रुपमा बिक्री गरिने गरी गाउँमै कोसेली घर पनि बनाइने संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गुमानसिंह गुरुङले बताए । कोसेली घरमा हस्तकलाका सामाग्री मात्र होइन गाउँमा उत्पादन हुने अन्न, सागपात, लगायतका उत्पादन पनि राखिने प्रकृतिका साथीहरू नामक संस्थाका अधिकृत सुदर्शन पराजुलीले बताए ।
तालिममा ताङ्तिङका १५ जना स्थानीय महिलाहरूको सहभागिता रहेको छ । स्थानीयको सहभागितामा प्रकृतिका साथीहरू संस्थाले २५० केजी प्लास्टिक जन्य फोहोर संकलन गरेको थियो । तिनै प्लास्टिक धोइपखाली हस्तकलाका सामाग्री बनाइएको हो । तालिम अवधिभर प्रशिक्षार्थीहरूले ढकिया, चिया पोस्टर, पेन होल्डर, चकटी, गुन्द्री, सपिङ ब्याग, पर्स जस्ता सामाग्री बनाएका छन् । होटेल तथा होमस्टे व्यवसायमा आबद्ध नरहेका, कमजोर आर्थिक अवस्था भएका समुदायकाका महिलाहरूलाई प्राथमिकता राखेर तालिम दिइएको हो ।
ताङतिङ क्षेत्र वरपर दुर्लभ वन्यजन्तु वन कुकुर, लगायत वन्यजन्तुको वासस्थान सुधार गर्ने, पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रकृतिका साथीहरू संस्थाले स्थानीय सरकार तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिसँग समन्वय गरेर कार्यक्रम आयोजना गर्दै आएको छ । उक्त परियोजना युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसनको सहयोगमा सञ्चालन भइरहेको छ । यस अघि संस्थाले स्थानीय युवाहरूलाई ५ दिने पर्यटक पथप्रदर्शक तालिम पनि दिएको थियो ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…