
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा विभिन्न अवस्थामा फेला परेका वन्यजन्तुको उद्धार गरिँदै आएका छ । यस क्रममा २०८१÷०८२ मा एउटा हिउँ चितुवा सहित ९ वटा वन्यजन्तुको उद्धार गरिएको आयोजनाले जनाएको छ ।
उपल्लो मुस्ताङमा बाख्राको खोरमा पसेको हिउँ चितुवालाई उद्धार गरी पुन प्राकृतिक वासस्थानमा छाडिएको छ । यसै गरी पासोमा परेको एउटा चितुवालाई पनि उद्धार गरिएको एक्यापले जनाएको छ । नीर बिरालो, गिद्ध, लगायत वन्यजन्तुको उद्धार गरिएको बताइएको छ । एउटा कस्तुरी मृग कुकुरले टोकेर मरेको अवस्थामा मनाङमा भेटिएको पनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रविन कडरिया जानकारी दिए ।
एक हिउँ चितुवा सहित ७ वटा वन्यजन्तु मृत अवस्थामा फेला परे
अन्नपूर्ण संरक्षण क्षेत्रमा २०८१÷०८२ मा एउटा हिउँ चितुवा सहित ७ वटा वन्यजन्तु प्राकृतिक अवस्थामा मरेको फेला परेका छन् । यसरी प्राकृतिक अवस्थामा मरेका फेला परेका वन्यजन्तुहरुमा थार, कालिज प्रजातिका चरा, जङ्गली बिरालो, निर बिरालो लगायत रहेका छन् ।
हिमाली कालो भालुले मकै खाएर पु¥यायो नोक्सान हिमालपारीको जिल्ला मुस्ताङको कञ्जो, कोभाङ र लेतेमा हिमाली कालो भालुले मकै खाएर किसानको बाली नोक्सान पु¥याएको छ । २०८१÷०८२ मा यस क्षेत्रका ७७ वटा घर धुरीको ३८ हजार १ सय घोगा मकै (९ सय ५२ पाथी ) नोक्सान पु¥याएको एक्यापले जनाएको छ । कालो भालुले स्थानीयको मकै खाएर नोक्सान पु¥याएपछि एक्यापले मकैको खोया गनेर १ लखा ९० हजार रुपैयाँ राहत दिएको जनाएको छ ।
स्याउ जोगाउन हेरालो
स्याउकालागि प्रख्यात मुस्ताङमा स्याउ जोगाउन एक्यापले हेरालो उपलब्ध गराएको जनाएको छ । स्याउ फल्ने र पाक्ने समय साउन , भदौ र असोज तीन महिना स्याउ जोगाउन हेरालोको व्यवस्था गरिएको हो । मुस्ताङका विभिन्न स्थानका स्याउ बगैँचाका स्याउ जोगाउन ३ जना हेरालो एक्यापले उपलब्ध गराएको हो । यसरी स्याउ जोगाउन हेरालो व्यवस्था गर्दा ३८ घर धुरी लाभान्वित भएको जनाइएको छ ।



पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
हिन्दूकुह हिमालय संसदीय बैठक सोमबार देखि काठमाडौंमा सुरु भएको छ । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा,…
पोखरा : पर्यटकीय राजधानी पोखरामा शुक्रबार देखि रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले आरयु फेष्ट सुरु…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
कृषि प्रधान देश नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गथ्यो । नेपालमा समय अनुसार वैज्ञानिक खेती प्रणाली…