
१३ औं संस्करणको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव आगामी माघ २३ र २४ गते (२०२६ फेब्रुअरी ६ र ७ तारिख) मा जैविक विविधता ग्रित पार्क लमही दाङमा हुने भएको छ । अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा प्रकृतिका साथीहरु संस्थाले नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो ।
लाटोकासेरो तथा हुचिल संरक्षणकालागि जनस्तरबाटै जनजागरण जगाउन प्रकृतिका साथीहरु नामक संस्थाले विभिन्न जिल्लामा संरक्षण उत्सव गर्दै आएको छ । उत्सवमा मुसा खाएर किसानको साथीको रुपमा महत्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संक्षणमा नागरिककै घर आगनमा पुगेर जनतेचना जगाउँदै आएको छ । यसले लाटोकोसेरो तथा हुचिल मात्र होइन अन्य वन्यजन्तु, वनस्पतिको संरक्षणका कार्यक्रम पनि हुँदै आएका छन् ।
नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छ । लाटोकोसेरोले मुसा खाएर अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले लाटोकोसेरोलाई किसानको साथी भनिन्छ । लाटोकोसेरोको एउटा जोडीले एक सिजनमा २ हजार देखि ३ हजार सम्म मुसाहरू खान सक्छ । जसले कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्नुको साथै जैविक विविधता र पर्यापर्यटनकालागि पनि महत्त्वपूर्ण रहने कार्यक्रमका सहआयोजक प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए ।
सहरमा लाटोकोसेरोको वासस्थान हराउँदै गएपछि प्रकृतिका साथीहरू नामक संस्थाले कास्की, म्याग्दी, स्याङजा र बागलुङमा गरी १ सय कृत्रिम गुँड बनाएर सार्वजनिक चौतारा, व्यक्तिका घरवरपर, सामुदायिक घर, समाज घर लगायत क्षेत्रमा स्थानीयको सहमति र सहकार्यमा गत भदौमा कृत्रिम गुँड राखेको पनि प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक आचार्यले बताए ।
यसरी राखिएका कृत्रिम गुँडहरूमा मध्ये ४८ वटामा लाटोकोसेरो लगायत चराहरूले गुँड लगाएका छन् । जसमा पहिलो वर्ष ७ वटा कृत्रिम गुँडमा लाटोकोसेरोले गुँड लगाएका छन् । लाटोकोसेरो संरक्षण क्षेत्रमा गत तीन दर्शक देखि क्रियाशील प्रकृतिका साथीहरू नामक संस्थाले हेमजाका दुई विद्यालयमा लाटोकोसेरो क्लब स्थापना, तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र तथा गुलेली प्रतिबन्धित क्षेत्र घोषणा, लाटोकोसेरो संरक्षण दूतको छनोट लगायतका काम गरेको थियो ।
प्रकृतिका साथीहरुका निर्देशक आचार्यले सरकारले लागू गरेको दश वर्षे लाटोकोसेरो कार्ययोजना निर्माण र कार्यान्वयनमा प्रभावकारी काम गरेका थिए । आचार्यले लाटोकोसेरोको अवैध सिकार तथा व्यापार र वासस्थान जोगाउन मार्ग निर्देश गरेका छन् । आचार्यले गत वैशाखमा ५० हजार पाउन्डको ह्वीटली फन्ड फर नेचर पुरस्कारबाट पुरस्कृत भएका थिए । यो बेलायतको प्रसिद्ध ह्वीटली पुरस्कार हो ।



पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
हिन्दूकुह हिमालय संसदीय बैठक सोमबार देखि काठमाडौंमा सुरु भएको छ । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा,…
पोखरा : पर्यटकीय राजधानी पोखरामा शुक्रबार देखि रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले आरयु फेष्ट सुरु…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
कृषि प्रधान देश नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गथ्यो । नेपालमा समय अनुसार वैज्ञानिक खेती प्रणाली…