
पर्यटकीय राजधानी पोखरामा गिद्ध संरक्षण कार्यशालाको तयारी गरिएको छ । कातिक २० गते एक दिने गिद्ध संरक्षण कार्यशाला हुने भएको हो । कार्यशालामा स्वदेशी तथा विदेशी गिद्ध विज्ञको सहभागिता रहने छ ।
गिद्ध संरक्षण, अनुसन्धान र आगामी गिद्ध संरक्षण योजना लगायतका विषयमा गिद्ध विज्ञहरुले प्रस्तुती दिने छन् । नेपाल, स्पेन, बुल्गेरिया, बेलायतका गिद्द विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपाल सहित २९ कार्यपत्र प्रस्तुत हुने छ । कार्यशालामा विश्वका अन्य देशमा गिद्धको अवस्था र नेपालमा संरक्षणका क्षेत्रमा भएका अनुभव पनि साटासाट गर्ने सेतो गिद्धमा विद्यावारिधि गर्दै गरेका गिद्ध विज्ञ कृष्ण भुसालले बताए ।
नेपाल पंछि संरक्षण संघ, हिमाली अनुसन्धान केन्द्र र पोखरा पंछि समाजको संयुक्त आयोजनामा हुने कार्यशालाले गिद्ध संरक्षणका क्षेत्रमा योजना बनाएर अघि बड्न थप सफलता मिल्ने विश्वास आयोजकको रहेको छ ।



पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
हिन्दूकुह हिमालय संसदीय बैठक सोमबार देखि काठमाडौंमा सुरु भएको छ । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा,…
पोखरा : पर्यटकीय राजधानी पोखरामा शुक्रबार देखि रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले आरयु फेष्ट सुरु…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
कृषि प्रधान देश नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गथ्यो । नेपालमा समय अनुसार वैज्ञानिक खेती प्रणाली…