नेपालका संरक्षणकर्मी आचार्य भारतमा पुरस्कृत


     नेचर न्युज    
     मंसिर १९ गते २०८२ मा प्रकाशित


भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा एला फाउन्डेसनले नेपालको लाटोकोसेरो संरक्षणमा महत्त्वपूर्ण योगदान दिएको भन्दै लाटोकोसेरो उत्सवमा पुरस्कृत तथा सम्मान गरेको हो । संरक्षण उत्सवमा आचार्य सहित अन्य तीन जना अनुसन्धानकर्ता, संरक्षणकर्ता र संस्था पनि पुरस्कृत भएका छन् ।  

तीन दर्शक देखि वन्यजन्तु संरक्षण र अनुसन्धानमा क्रियाशील संरक्षणकर्मी आचार्य यस अघि एसियाका सय उत्कृष्ट साइँटिष्टमा परेका थिए । एसियन साइँटिष्ट नामक पत्रिकाले प्रकाशित गरेको एसियाका उत्कृष्ट सय वैज्ञानिक सूचीमा आचार्य पनि छानिएका थिए । पोखराका आचार्यले यस अघि  सन् २०२४ मा गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षण परियोजनाकालागि प्रसिद्ध ह्ट्ली अवार्ड  प्राप्त गरेका थिए ।

संरक्षण क्षेत्रमा पु¥याएको योगदानको आधारमा बेलायतमा रहेका संस्था ह्ट्ली अवार्ड  फन्ड फर नेचरले आचार्यलाई अवार्डबाट पुरस्कृत गरेको थियो । यसको साथै आचार्य अमेरिकामा हुँदै आएको लाटोकोसेरो संरक्षण उत्सवमा पनि सम्मानित भइसकेका छन् । प्रकृतिका साथीहरू संस्थाका कार्यकारी निर्देशक आचार्यले विगत ३५ वर्ष देखि वन्यजन्तुको अध्ययन र संरक्षणमा विशेष योगदान दिँदै आएका छन् । आचार्य विगत १७ वर्ष देखि अन्य वन्यजन्तुको साथै विशेष गरी लाटोकोसेरो संरक्षणमा बढी सक्रिय छन् । उनले लाटोकोसेरो संरक्षण सम्बन्धी ५ पुस्तक प्रकाशित गरेका छन् । लाटोकोसेरो सम्बन्धी डिजिटल पत्रिकाका सम्पादक समेत हुन ।

आचार्यले लाटोकोसेरो बाहेक ब्वाँसो, जङ्गली चौँरी, हिउँ चितुवा, ध्वाँसे चितुवा, वन कुकुर, सानो मांसाहारी लगायत संरक्षणमा पनि काम गरेका छन् । सरकारले लागू गरेको दश वर्षे लाटोकोसेरो कार्ययोजना निर्माण र कार्यान्वयनमा प्रभावकारी काम उनले गरेका छन् । ह्ट्लि अवार्डबाट प्राप्त पुरस्कारबाट गाउँ गाउँमा लाटोकोसेरो संरक्षणमा जनजागरण बढेको छ । लाटोकोसेरोकालागि कृत्रिम गुँड निर्माण, विद्यालय, समुदाय, सामुदायिक वन, उपभोक्ता समिति, सुरक्षाकर्मी लगायतलाई संरक्षण अभियानमा जोड्न विभिन्न कार्यक्रम पनि सम्पन्न भएको छ ।