
तनहुँमा व्यावसायिक रुपमा औषधिजन्य बिरुवा खेतीको विस्तार भइरहेको छ । चार दशकअघि व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रबाट शुरु भएको औषधिजन्य बिरुवा खेती विगत दश वर्षयता जिल्लाको दुले र मादी नदी किनार आसपास हुँदै पर्वत जिल्लाको जलजले गाउँपालिका क्षेत्रसम्म विस्तार भएको छ ।
व्यास नगरपालिका–५ पाटनका ८६ वर्षीय केबी गुरुङले जागीर छोडेर २०३६ सालदेखि जडीबुटी बिरुवाको व्यावसायिक उत्पादन सुरु गर्नुभयो । उहाँले अहिले तनहुँलगायत पर्वत जिल्लाको जलजले गाउँपालिका–९ मा जडीबुटीका लाखौँ बिरुवाको व्यावसायिक उत्पादन गर्नुभएको छ । एक दुई हजार जडीबुटीका बिरुवाबाट सुरु गर्नुभएको खेती अहिले उहाँले व्यावसायिक रुपमा करिब २० रोपनी क्षेत्रफलमा सो खेती गरिरहनुभएको छ । श्रीखण्ड, पाँच औले, निरमसी, जटामसी, कुटकी, सतुवा, कुटलगायतका लगाएको १६ प्रकारका बिरुवाबाट उत्पादन दिन थालेको उहाँको भनाइ छ ।
समुद्र सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा आयुर्वेदिक गुणयुक्त त्यस्ता बिरुवा लगाउनुभएका उहाँले बगैँचा रेखदेखका लागि एक परिवारलाई रोजगारीसमेत दिनुभएको छ । गुरुङले व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रका दुले र मादी नदी किनार आसपासमा गरी करिब १०० रोपनी क्षेत्रफलमा विभिन्न जातका बाँसको खेती गर्नुभएको छ । मोटा, नियाले, धनु, लठ्ठी, कालो, पहेँलो, झगडिया, तामा खानेलगायतका २२ प्रजातिको बाँस लगाएको किसान गुरुङको भनाइ छ । भारतको कानपुरबाट बिएससी एजी गर्नुभएका गुरुङले जागीरभन्दा कृषि पेसालाई प्राथमिकता दिएर व्यावसायिकरुपमा यस क्षेत्रमा लाग्नुभएको हो ।
रेष्टुराँ तथा होटलमा सुन्दरताका लागि साना किसिमका बाँस र भवन निर्माणका लागि ठूला खालको बाँस खरिद गरेर लाने गरेको उहाँको भनाइ छ । एघार किसिमका बाँस प्रतिबिरुवा रु एक हजारमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार वार्षिक रुपमा करिब रु ३० लाख मूल्य बराबरको बाँस र बाँसका बिरुवा बिक्री हुने गरेको छ । उहाँले भन्नुभयो, “जागीर भनेर बसेको भए यति राम्रो प्रगति हुने थिएन होला ।” त्यसैगरी गुरुङले करिब १०० रोपनी क्षेत्रफलमा उगरउडका बिरुवा लगाउनुभएको छ ।
करिब २० वर्षअघि ५०० उगरउडका बिरुवा लगाउनुभएका गुरुङको बारीमा हाल २५० ठूला बिरुवा र करिब तीन हजार साना बिरुवा छन् । अहिले प्रतिबिरुवा रु दुई लाखसम्म खरिद गर्ने मानिस आउने गरेको उहाँको भनाइ छ । अगरउडबाट अगर निस्किन थालेपछि सुनभन्दा महँगो मूल्यमा बिक्री हुने बताइएको छ । साथै अगरउड अत्तरका लागि पनि प्रयोग गर्न सकिन्छ । त्यसैगरी अगरउड क्यान्सर, अल्सर, छालाजन्य रोग, आँखा, कान, नाकलगायतका उपचारमा लाभदायक हुने गरेको किसान गुरुङको भनाइ छ । रासस



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…