
पोखरा : अंग्रेजी नयाँ वर्ष २०२६ लाई स्वागत गर्न पोखराको फेवाताल किनारमा पोखरा सडक महोत्सवको तयारी गरिएको छ । पुस १३ गते देखि १७ गते सम्म हुने २७ औं संस्करणको पोखरा सडक महोत्सवमा नेपाली खाना र संस्कृति एकै साथ सडकमा पस्किएर पर्यटकलाई आकर्षण गरिने छ ।
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको सडक महोत्सवले पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यको रुपमा विकास हुँदै आएको आयोजक संस्था रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । पहिले अंग्रेजी नयाँ वर्षमा पोखरामा रहेका पर्यटक नयाँ वर्ष मनाउन घर जाने वा अन्य देश जाने गर्थे । पोखरामा नयाँ वर्षलाई स्वागत गर्न पोखरा सडक महोत्सव सुरु भएपछि पर्यटकको बसाई पनि लम्बिएको उनले सुनाए ।
सडक महोत्सवमा खानाका परिकार, नेपाली परम्परागत विभिन्न जातजातीका संस्कृतिको प्रदर्शनको साथै स्थानीय स्तरमा उत्पादित सामग्रीको बजारीकरणकालागि पनि महत्वपूर्ण हुदै आएको महोत्सवका संयोजक तथा रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले बताए ।
महोत्सवको मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, विविध खेलकुद कार्यक्रम रहेको उपाध्यक्ष गौतमले बताए । महोत्सव अवधीभरमा पोखराको पर्यटनको विकास, प्रवद्र्दन, अवसर तथा चुनौतिका विषय केन्द्रीत अन्र्तक्रिया कार्यक्रम पनि हुने रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले जानकारी दिए ।
सडक महोत्सवको समयमा पोखरामा आन्तरिक तथा वाह्यि पर्यटकको आगमना बड्ने भएकोले पोखराको साथै आसपासका ग्रामिण पर्यटन व्यवसायीले समेत लाभ लिदै आएका छन् । अन्नपूर्ण पदयात्राकालागि आउने पर्यटक पदयात्रा सकेपछि वा जानु अघि अंग्रेजी नयाँ वर्ष मनाउन पोखरामै बस्ने गरेको रेवान पोखराका पूर्व अध्यक्ष नरेश भट्टराईले बताए । सडक महोत्सवले स्वदेश र विदेशी पर्यटक माझ समेत ब्राण्डिङ भएकोले नयाँ वर्ष मनाउन नेपाल आउने चलन पनि बड्दै गएको व्यवसायीले बताएका छन् ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…