बाघको अवस्था पत्तालगाउन क्यामेराको सहयोगमा गणना सुरु


     नेचर न्युज    
     पौष ३ गते २०८२ मा प्रकाशित


बाघको वर्तमान अवस्था पत्ता लगाएर संरक्षणको योजना बनाउन नेपालका बाघ पाइने क्षेत्रमा गणना सुरु भएको छ । नेपाल सरकारले पुस १ गतेदेखि बाघ गणना गर्ने घोषण गरेअनुसार गण्ना सुरु भएको हो । प्रत्येक ४ वर्षमा बाघ गणना हुँदै आएको छ ।

बाघको गणना पुसको १ गने चितवन पर्वाबाट सुरु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ । चितवन पर्सा पछि बाँके बर्दियामा पनि गणना सुरु हुने छ । बाघको गणना क्यामेरा ट्रयापिङ गरेर गरिएको छ । ठाउँ ठाउँमा क्यामोको पासो राखेर गणना सुरु गरिएको हो । सन् २०२१ मा बाघ गणना भएको र २०२२ मा नतिजा सार्वजनिक भएको थियो । जस अनुसार नेपालमा ३ सय ५५ वटा बाघ रहेका छन् । जसमध्ये चितवनमा १ सय २८, बर्दियामा १ सय २५, बाँकेमा २५, शुक्लाफाँटमा ३६ र पर्सामा ४१ वटा बाघ रहेको थियो । गणनापछि बाघको वर्तमान अवस्था कस्तो छ भन्ने पत्ता लाग्ने छ । बाघ गणना तीन महिना सम्म लाग्ने छ ।