सुन्तला महोत्सवमा एकै दिनमा १५ लाखको कारोबार


     नेचर न्युज    
     पौष १० गते २०८२ मा प्रकाशित


पोखरा : सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको पोखरा २१ दोपहरेमा पहिलो सुन्तला महोत्सव भएको छ । किसानलाई सुन्तला खेतीमा लाग्न प्रोत्साहन गर्न सुन्तला महोत्सवको आयोजना भएको हो । महोत्सवमा किसानहरूले आफूले उत्पादन गरेको सुन्तला बिक्रीकालागि राखेका थिए । आफ्नो घर आँगनबाटै सुन्तला सोझै उपभोक्तालाई बिक्री गर्न पाएकोमा किसान खुशी भएको थिए ।

आफ्नै गाउँमा सुन्तलाबाट राम्रो आम्दानी हुनेभएपछि दोपहरेका धेरै जसो विदेशका काम छाडेर घर फर्केर सुन्तला खेती गर्दै आएका छन् । स्थानीय कृषक समूहका अध्यक्ष इन्द्रप्रसाद सुवेदी सुन्तला खेतीबाट राम्रो आम्दानी हुने बताउँछन् । किसानलाई सुन्तला खेती तर्फ लाग्न थप प्रेरणा मिलोस् र सुन्तला खेती गर्न चाहानेलाई सुन्तलाबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने सन्देश दिन सुन्तला महोत्सव गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

सुन्तला महोत्सवमा १२ देखि १५ लाखको कारोबार भएको पनि उनले बताए । महोत्सवमा ग्रेडिङको आधारमा सुन्तला प्रति केजी ५० देखि १०० रुपैयाँमा बिक्री गरिएको थियो । नेपालको राष्ट्रिय फल सुन्तला ः उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग भन्ने नाराका साथ महोत्सव भएको हो । पोखरामा ३ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएका छ । पोखराको वडा नम्बर २१ र २२ मा मात्र ३ सय हेक्टर सुन्तला उत्पादन हुन्छ । पोखरामा ४५० देख ५ सय जना सुन्तला खेती गर्ने किसान छन् ।

३० हजार देखि २० सम्म एउटै किसानले आम्दानी गर्छन । पोखरामा  ३५ सय देखि ४ हजार मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । सुन्तलाका सुन्तलाले उचाई लिँदै गर्दा कास्कीका पहिले सुन्तला खेती राम्रो हुने धेरै क्षेत्रमा सुन्तला मासिएको छ । जतिमा उत्पादन हुँदै आएको छ त्यसमा प्रति इकाई उत्पादन बढेको कृषि महाशाखाले जनाएको छ । पोखरामा वार्षिक १० करोड बढीको सुन्तलाको कारोबार हुने गर्दछ । महोत्सव सुन्तला उत्पादक किसानलाई प्रोत्साहन मात्र होइन प्राविधिक ज्ञान सिक्ने थलोको रुपमा विकास गर्ने उद्देश्यले भएको बताइएको छ । यसको साथै ताजा सुन्तला उपभोक्ताले सस्तो मूल्यमा पाउने र सुन्तला कस्तो ठाउँमा फल्छ भन्ने ज्ञान सुन्तला खेती गर्न चाहाने नयाँ पुस्ताले पनि पाउने वातावरण भएको पनि कृषि महाशाखा प्रमुख कडरियाले बताए । 

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले किसानलाई आवश्यक प्राविधिक सहयोग, अनुदानमा आवश्यक कृषि सामाग्री महानगरले दिँदै आएको बताए । उत्पादन बढाउन आवश्यक सहयोग महानगरपालिकाले निरन्तर उपलब्ध गराउने पनि उनले बताए । महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनमा ७ वर्षमा १ करोड बडी अनुदान पोखरा २१ का किसानलाई उपलब्ध गराएको बताइएको छ ।  

सुन्तला उत्पादक किसान सम्मानित 

उत्कृष्ट सुन्तला उत्पादन गर्ने किसान सुन्तला महोत्सवमा सम्मानित भएका छन् । यसरी सम्मानित हुनेमा पोखरा २१ फेदीपाटनकी प्रभा पौडेल प्रथम भएर १० हजार रुपैयाँ पुरस्कार पनि पाएकी छन् । उनले ४० रोपनी क्षेत्रफलमा ७ सय बोट सुन्तला लगाएर राम्रो उत्पादन लिँदै आएकी छन् । यसै गरी पोखरा २१ स्यारतङका दिपेन्द्रराज आचार्य दोस्रो भएर ७ हजार रुपैयाँ पुरस्कार सहित प्रमाण पत्र पाएका छन् ।

उनले १२ रोपनी क्षेत्रफलमा २४० वटा सुन्तलाका बोट लगाएर आम्दानी लिइरहेका छन् । यसै गरी पोखरा २१ दोपहरेका विजय सुवेदी तेस्रो पुरस्कार पाएका छन् । उनको १३ रोपनी क्षेत्रफलमा १९० वटा सुन्तलाको बोटबाट आम्दानी लिँदै आएका छन् ।