
अन्नपूर्ण संरक्षण क्षेत्रमा हिमालकी रानी भनेर चिनिने हिउँ चितुवाको गणना सुरु भएको छ । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका ३ हजार देखि ५३ सय मिटर उचाईमा २२५ वटा क्यामेरा राखेर हिउँ चितुवा गणना सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले जानकारी दिए ।
मनाङ जिल्ला तर्फ क्यामेरा राखिसकिएको र मुस्ताङ तर्फ हिउँ चितुवाको गतिविधि हुने क्षेत्रमा क्यामेरा राख्ने काम भइरहेको डा कडरियाले बताए । नेपाल सरकार र वन तथा वातावरण मन्त्रालयले सन् २०२४ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा हिउँ चितुवाको संख्या ३९७ रहेको अनुमान छ ।
यस अघि सिमित क्षेत्रमा क्यामेरा राखेर हिउँ चितुवाको संख्या अनुमान गरिएको थियो । नेपाल सरकार र वन तथा वातावरण मन्त्रालयले सन् २०२४ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रमा ३४ वटा हिउँ चितुवा रहेको अनुमान गरिएको थियो । अहिले २२५ क्यामेरा राखेर ति क्यामेराले खिचेका तस्बिर हेरेर वैज्ञानिक विधि अनुसार एक्याप क्षेत्रमा कति हिउँ चितुवा छन् भन्ने तथ्याङ्क आउने विश्वास गरिएको छ ।
नेपालमा ३ हजार देखि ५५ सय मिटर सम्मको उचाईका उच्च हिमाली क्षेत्रमा हिउँ चितुवा पाईन्छ । नेपालमा हिउँ चितुवा पाइएका क्षेत्रको ५८ प्रतिशत संरक्षित क्षेत्र भित्र पर्छ । ४२ प्रतिशत संरक्षित क्षेत्र बाहिर पर्छ । दक्षिण र दक्षिणपूर्वि एसियाका १२ वटा देशमा हिउँ चितुवा पाइन्छन् ।विश्वमा ४ हजार देखि ६ हजारको संख्यामा हिउँ चितुवा रहेको अनुमान रहेको छ ।
हिउँ चितुवा संरक्षणका चुनौतिहरु
नेपालमा हिउँ चितुवा र मानव विचको द्वन्द्व विशेष गरी पशुधनको क्षतिका कारण प्रतिसोधका लागि मार्ने, वासस्थानमा ह्रास, अवैध व्यापार र जलवायु परिवर्तन जस्ता चुनौतीहरु देखा परेका छन् ।
राहतको व्यवस्था
नेपालमा वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण निर्देशिका बमोजिम हिउँ चितुवाले भेडा च्याङ्ग्राको क्षति गरेमा बढीमा १०,००० र याक, चौरी, घोडा, खच्चड, जस्ता वन्यजन्तुको क्षति गरेमा बढीमा ६०,००० सम्म राहत उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ । हिउँ चितुवा संरक्षणकालागि पशुधनको क्षति भएर अनुसार राहात दिने र स्थानीय समुदायलाई हिउँ चितुवाको महत्व मानव जीवनकालागि किन छ भन्ने बुझाएर संरक्षणमा लगाउनु पर्ने संरक्षण विद्ध बताउँछन् ।



सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…