राजनीति

एमाले अध्यक्ष ओलीको मुद्दा हेर्न नभ्याइने सूचीमा

सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भनिएको नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दिएको रिट निवेदन हेर्न नभ्याइने सूचिमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख, आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गर्नुभएको रिटमाथिको सुनुवाइ आज हेर्न नभ्याइने सूचीमा परेको हो । न्यायाधीशहरू दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा सुनुवाइ लागि पेशी तोकिएपनि समय अभावले हेर्न नभ्याइने सूचीमा राखिएको हो । यही भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको… पुरा पढौ

एमसीसीकी उपाध्यक्ष सुमार नेपालमा : शीर्ष नेता भेट्दै

नेपालमा पछिल्लो समयमा निकै चर्चामा रहेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएकी छन् । संसद्बाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमार नेपाल आएकी हुन् । एमसीसीको विषयमा नेपालमा अहिले पक्ष र विपक्षमा बहस भइरहेको छ । नेपालको चारदिने भ्रमणकालागि आएकी उपाध्यक्ष फातिमाले शीर्ष नेताहरु संग भेट्ने कार्यसूची रहेको छ । नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एपसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएको बताइएको छ । नेपालका पार्टीहरुमा एमसीसी परियोजना स्वीकार… पुरा पढौ

मुख्यमन्त्री पोखरेल– विश्व बैंक नेपाल निर्देशक भेट

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच मुख्यमन्त्री कार्यालयमा सोमबार औपचारिक भेटघाट भएको छ । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गरे । उनले विश्व बैकले नेपालको समग्र विकासमा पु¥याउँदै आएको सहयोगप्रति पटक आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने अपेक्षा गरे । उनले भने, ‘विश्व बैंक र गण्डकी प्रदेशका बीचमा आगामी दिनमा महत्वपूर्ण सहकार्य… पुरा पढौ

छिमेकी राष्ट्र विरुद्ध नाराबाजी गर्नेलाई कारवाही गरिने छ : गृह मन्त्रालय

मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गविविधिमा संलग्न भई कानून हातमा लिनेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । छिमेकी राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी नगर्न गृहमन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सेचत गराएको हो । मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने जुलुस प्रदर्शन गर्ने… पुरा पढौ

पर्यटन व्यवसायी भट्टराई सहित १२ व्यवसायी कांग्रेस प्रवेश

पोखराको पर्यटन व्यवसायी तथा पोखराका पुर्व उपमेयर गणेशबहादुर भट्टराई सहित १२ जना पर्यटन व्यवसायी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । भट्टराई राप्रपाको राजनीतिबाट उपमेयर बने पनि पछिल्लो समयमा राजनीतिमा सक्रिय थिएनन् । दुई वर्ष अघि देखि नै नेपाली कांग्रेसको राजनीतिमा लाग्ने भट्टराईले बताउँदै आएका थिए । लगतै कोरोना संक्रमण भएपछि कांग्रेस प्रवेश गर्न ढिलाई भएको उनि निकटले बताउँदै आएका थिए । उनीसँगै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पनि कांग्रेसमा प्रवेश गरेका छन् । गोपी सहित उनको परिवार पहिले देखि… पुरा पढौ

अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला मुख्यमन्त्री

नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छन् । शाक्यले आजै प्रदेश प्रमुख विष्णु प्रसाईंबाट पद तथा गोपनियताको सपथ लिएकी छन् । प्रदेश प्रमुखको कार्यालयमा आज साँझ आयोजित सपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेललगायत प्रदेशका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो । शाक्य यसअघि नेपाल सरकारको उद्योग र महिल, बालबालिका तथा समाज कल्याणमन्त्री इकसेकी छन् । शाक्य देशकै पहिलो महिला मुख्यमन्त्री बन्न पनि सफल भएकी छन् । नवनियुक्त मुख्यमन्त्री शाक्यको जन्म विसं २०११ को दशैँको अष्टमीका दिन काठमाडौँमा… पुरा पढौ

अफगानिस्तान : सत्ता कब्जापछि तालिबानले पहिलो पत्रकार सम्मेलनमा के भन्यो

राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ''२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको'' बताएका छन्। ''यो पूरै देशका लागि गर्वको क्षण हो,'' उनले भने। ''अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ,'' उनले थपे। ''हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ। हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ।'' शरिया कानुनका आधारमा महिला अधिकार पत्रकार सम्मेलनमा मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताए। आफूहरू शरिया… पुरा पढौ

पर्यावरण सन्तुलनमा यस्ताे छ देउवा सरकारकाे साझा न्यूनतम कार्यक्रम

देउवा सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकाे छ । कार्यक्रममा कोभिड १९ को महामारीले निम्त्याएको मानवीय संङ्कट सम्बोधनलाई प्राथमिकतामा राखेको छ । पर्यावरणीय सन्तुलनका विषयमा यस्ताे छ देउवा सरकारकाे साझा न्यूनतम कार्यक्रम । वन, वातावरण र नदी नियन्त्रण कार्यक्रमलाई प्राथामिकता दिनेचुरे क्षेत्रको उत्खन्न गरी ढुङ्गा, गिट्टी बालुवा निर्यात गर्ने कार्यलाई रोक लगाउनेवातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा ठूला नदीको बहुउद्देशीय उपयोग र एकीकृत विकासको नीति लागु गर्नेप्राकृतिक विपद्‌को जोखिम अन्त्य गर्न अन्तर्राष्ट्रिय रूपमा सहकार्य गर्नेजलवायु परिवर्तनका कारण पर्ने असर र जोखिम न्यूनीकरणका… पुरा पढौ

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो । देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै राष्ट्रपतिको कार्यालयले शपथको तयारी गरेको छ । देउवाले प्रधानमन्त्रीको रुपमा ६ बजे शपथ लिँदैछन् ।देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादवसमूह… पुरा पढौ

मुख्यमन्त्रीकाे प्रेस संयोजकमा पत्रकार भरत काेइराला नियुक्त

पत्रकार भरत काेइराला गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे प्रेस संयोजक नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त भएका काेइराला आदर्श समाज दैनिक र इआदर्श डटकमका सम्पादक हुन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले काेइरालालाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । २ दशकअघि पत्रकार काेइरालाले अन्नपूर्ण पोस्ट दैनिक देखि पत्रकारिता सुरु गरेका थिए । काठमाडौंमै रहँदा डेस्कमा कार्यरत उनी २०६५ सालदेखि पोखरामा दी हिमालयन टाइम्स र अन्नपूर्ण पोस्टको ब्युरो चिफ सम्हाल्न आइपुगेका थिए । त्यस्तै २०७२… पुरा पढौ