
देउवा सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकाे छ । कार्यक्रममा कोभिड १९ को महामारीले निम्त्याएको मानवीय संङ्कट सम्बोधनलाई प्राथमिकतामा राखेको छ । पर्यावरणीय सन्तुलनका विषयमा यस्ताे छ देउवा सरकारकाे साझा न्यूनतम कार्यक्रम ।
- वन, वातावरण र नदी नियन्त्रण कार्यक्रमलाई प्राथामिकता दिने
- चुरे क्षेत्रको उत्खन्न गरी ढुङ्गा, गिट्टी बालुवा निर्यात गर्ने कार्यलाई रोक लगाउने
- वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा ठूला नदीको बहुउद्देशीय उपयोग र एकीकृत विकासको नीति लागु गर्ने
- प्राकृतिक विपद्को जोखिम अन्त्य गर्न अन्तर्राष्ट्रिय रूपमा सहकार्य गर्ने
- जलवायु परिवर्तनका कारण पर्ने असर र जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउने


पन्ध्र पृष्ठको उक्त दस्तावेज आइतवार दिउसो सार्वजनिक गरिएको हो। साझा न्यूनतम कार्यक्रमको प्रस्तावनामा सबल र समृद्ध नेपालको निर्माण गर्ने सङ्कल्प गर्ने क्रममा प्रतिनिधिसभा विघटन र त्यसपछि भएका आन्दोलनको चर्चा गरिएको छ।
संरक्षणकर्मी एवं नागरिक समाज पोखराका पूर्व संयोजक विष्णुहरि अधिकारीले सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन हुन सके कार्यक्रमहरु राम्रो रहेको बताए । कार्यान्वयनमा सरकारले ध्यान दिनु पर्नेमा उनले जाेड दिए । लोकप्रियताकालागि सरकारले कार्यक्रम ल्याउने चलन पहिले देखि हुँदै आएकोले कार्यान्वयनमा नागरिकले शंकाको नजरले हेर्ने गरेको बताए । सार्वजनिक गरिएको कार्यक्रमको कार्यान्वयन के कसरी हुन्छ ? हुन्छ वा हुँदैन ? यसमा भने नागरिकले ध्यान दिनु पर्ने अधिकारीले बताए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…