
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा विस्तारै हिउँ पग्लिँदै गएर हिउँ ताल बनेको छ । नेपालमा ४ हजार ५ सय मिटरमाथि मात्रै हिमताल भेटिए पनि यो ताल भने २४ सय ५० मिटरको उचाइमा रहेको छ ।
विश्वमा कम उचाइँमा हिमताल धेरै छन् । कफुचे हिमताल ७ हजार मिटर माथीको हिमाली क्षेत्रबाट खसेर बनेको विश्वकै कम उचाइँमा बनेको हिमताल रहेको दावी गरिएको छ । स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँका थुप्रो, ‘फु’ भनेको खस्नु र ‘चे’ भनेको समथर भाग भन्ने हुन्छ । समथर भूभागमा खसेको त्यही हिउँको थुप्रो बिस्तारै पग्लिएर अहिलेको हिमताल बनेको संरक्षण क्षेत्रमा लामो समयदेखि योगदान दिदै आएका संरक्षणविद् डा हुमबहादुर गुरुङ बताउँछन् ।
समुन्द्रि सतह देखि ७ हजार मिटर माथीबाट खसेर कम उचाइँमा बनेको हिमतालको हिसावले यो ताल विश्वकै कम उचाइँमा रहेकोले ग्लोवलवामिङको असर उच्च हिमाली क्षेत्रमा कसरी परिरहेको छ भन्ने विश्वका अनुसन्धानकर्ता, विद्यार्थी र पर्यटककालागि अध्ययनको केन्द्रको रुपमा बन्न सक्ने स्थानीय बताउँछन् । अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रबाट हिउँको पहिरो झर्ने गर्दछ । यस क्षेत्रमा जुनसुकै समयमा पनि हिउँको पहिरो आइरहन्छ । यसरी खसेको हिउँको पहिरोको दृश्य पर्यटकीय गाउँ सिक्लेसबाट पनि देख्न सकिन्छ ।
यस क्षेत्रमा रहेको हिउँको थुप्रोमा टेकेर पहिले भेडीगोठालाहरु भेडा लिएर आउँजाउँ गर्थे । बिस्तारै गर्मी बढेकोले त्यही हिउँको थुप्रो पग्लिएर ताल बनेको हो । ताल सन् २०१० तिर बनेको हो । सन् २००० सम्म हिउँको थुप्रो रहेको त्यस क्षेत्रमा हिउँ पग्लिएर ताल बन्न झन्डै १० वर्षमा ताल बनेको स्थानीय बताउँछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रविन कडरिया यस हिमतालको विशेषता भनेको विश्वकै कम उचाइँमा रहनु रहेको बताउँछन् । जलवायु परिवर्तनको कारण सन् २०११ सम्म हिउँको थुप्रो रहेको यस क्षेत्रको हिउँ पग्लिएर हिमताल बनेको उनि बताउँछन् ।
तालको लम्बाइ ४ सय मिटर, चौडाइ तीन सय मिट र गहिराइ ४० मिटर रहेको जापानी अनुसन्धानकर्ता डा जिरी कोमोरिलको अनुसन्धानले देखाएको थियो । पार्चे गाविसका पूर्व अध्यक्ष तथा सङ्घीय सांसद समेत रहेका मनबहादुर गुरुले सरकारले चासो नदिँदा हिमतालको संरक्षण र पर्यटन प्रवद्धनको काम जसरी हुनु पथ्यो त्यो रुपमा नभएको बताउँछन् । विश्वकै कम उचाइको हिमताल भएकोले यस हिमतालको संरक्षणको साथै अन्तर्राष्ट्रिय करण हुनु पर्ने उनी बताउँछन् ।
हुँगु क्षेत्रमा पर्यटकीय आकर्षण हिमताल मात्र होइन विश्वमै दुर्लभ मानिएका वन्यजन्तुहरूको वासस्थान पनि हो । यस क्षेत्र कालो भालु, कस्तुरी मृग, ध्वाँसे चितुवा, वन कुकुर लगायतका दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो । यसैले यस क्षेत्रमा रहेका वन्यजन्तुको संरक्षणमा पनि सरकारले विशेष ध्यान दिनु पर्ने उनी बताउँछन् । कफुचे क्षेत्रमा हिउँचितुवा, झारल, डाँफे, मुनाल पनि पाइन्छ । वन्यजन्तु, वनस्पति, अन्नपूर्ण हिमशृङ्खला र विश्वकै कम उचाईका हिमतालका कारण यस क्षेत्र विश्व पर्यटन बजारमा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय बताउँछन् । ८ हजार मिटर भन्दा माथीका विश्वमा १४ वटा हिमाल छन् ।
नेपालमा ८ वटा ८ हजार भन्दा उच्च हिमाल रहेका छन् । उच्च हिमाल, हिमताल, हिमनदीकालागि विश्वमै प्रख्यात नेपाल पृथ्वीमा तापक्रम वृद्धिले सबैभन्दा बढी जोखिममा रहेको देश पनि हो । ठुला शक्तिराष्ट्रहरुले उत्पादन गरेको अप्राकृतिक ग्यास र प्रदूषणका कारण पृथ्वीको तापक्रम वृद्धि हुँदै गएको छ र यसको असर नेपालको हिमाल, हिमतालमा परेको छ ।
विश्वमै नेपालमा तीन हजारभन्दा बढी हिमताल रहेका छन् । नेपालका हिमालहरू तापक्रम वृद्धिले पग्लिएर कालापत्थरमा परिणत हुँदै गएका छन् । हिमतालहरू पग्लिएर जोखिममा रहेका छन् । विश्वका धनी राष्ट्रहरूका व्यवहारले नेपालका प्रमुख आकर्णका केन्द्र हिमाल, हिमताल जोखिममा रहे पनि विश्व शक्ति राष्ट्रहरूले यस विषयमा ध्यान दिएर संरक्षणकालागि क्षतिपूर्ति दिने विषयमा ध्यान दिएका पाइँदैन ।
ग्लोबल वामिङको असर
ग्लोबल वार्मिङ पृथ्वीको सतहको तापक्रम निरन्तर बढ्दै गएको अवस्था हो । यसका मुख्य कारणहरू औद्योगिकीकरण, हरितगृह, ग्यासको उत्सर्जन, वन विनाश र इन्धनको अत्याधिक प्रयोग हो । यसले जलवायु परिवर्तनलाई तीव्र बनाउँदै पृथ्वीको प्राकृतिक सन्तुलन गम्भीर पु¥याइरहेको छ । यसको असर नेपालको हिमाल, पहाड देखि तराई सम्म देखिएको छ । नेपालका हिमालहरू कालापत्थरमा परिणत हुँदै जानु, हिमनदी पग्लनु, हिमताल विस्फोट भएर धनजनको क्षति हुँदै आएको छ । यस्तै गरी पहाडी क्षेत्रमा भूक्षय, बाढीपहिरोले धनजनको क्षति हुँदै आएको छ । तराई क्षेत्र अति वर्षाको कारण डुबानमा परेर अर्को क्षति हुनुको साथै हिउँदमा सुक्खा खडेरीको मारमा पर्दै आएको छ ।
मादी गाउँपालिकाको कफुचे ताल पनि २५ वर्ष अघि देखि हिउँको थुप्रो पग्लिएर हिमताल बनेको हो । वैज्ञानिक अनुसन्धान अनुसार पृथ्वीको तापमान औद्योगिक क्रान्तिपछि तीव्र गतिमा बढिरहेको छ । यस कारण जलवायु परिवर्तनलाई थप गति दिएको छ । यसका कारण खडेरी, अत्यधिक वर्षा, बाढी, हावाहुरी, हिउँ पग्लिने, समुन्द्री सतह बढ्ने जस्ता समस्या देखिएका छन् ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…