
पोखरा : थामे खोलामा गएको बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ को थामे गाउँमा ठूलो क्षति पुगेको छ । गाउँमा आएको बाढीले ठूलो क्षति पुगेपछि शनिबार विज्ञसहितको टोली अध्ययनकालागि जाने भएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन तथा न्युनिकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहित विज्ञहरुको टोली त्यसतर्फ जान लागेको हो । टोली शुक्रबारै त्यसतर्फ जान योजना मौसम बाधक बन्यो । मौसकका कारण नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान नसकेको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताएका छन् । शनिबार बिहानै जाने गरी तयारी छ । विज्ञटोलीले बाढी आएको स्रोत पत्त लगाउने प्रसाय गर्ने बताइएको छ ।
हिमपहिरो हो वा अन्य कुनै कारणले बाढी आएको हो भन्ने निक्यौल गर्न टोली जान लागेको हो । थामे खोलामा शुक्रबार दिउँसो अचानक आएको बाढीमा परेर केही घर, होटल र रिसोर्टहरु बगेका छन् । नेपाली सेनाले ७ जनाको उद्दार गरेको जनाएको छ । प्रहरीका अनुसार शुत्रबार दिउँसो आएको बाढीका कारण ७ घर पूर्ण रुपमा क्षति भएको छ ।

बाढीेले गाउँ नै कुरुप बनाएको छ । एउटा विद्यालय, पाँच वटा होटल र एउटा क्लिनिक क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो आएको भीषण बाढीले यो अवस्था निम्त्याएको हो ।
‘



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…