
सन् १९५३ मा पहिलोपल्ट सगरमाथाको सफल आरोहण भएपछि यो क्षेत्र विश्वमा चर्चित बन्यो। सोलुखुम्बु जिल्ला भन्ने बित्तिकै धेरैको मानसपटलमा आउने नाम हो सगरमाथा हिमालl तर के यो जिल्लामा सगरमाथा हिमाल मात्रै छ त ? होइन पटक्कै होइन। तर अरू सबै हिमाल ओझेलमा परेका मात्र हुन्।
वर्षेनी हजारौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक पुग्ने यस क्षेत्रमा सन् १९७६ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज देशकै पहिलो विश्व सम्पदा सूचिमा सूचीकृत राष्ट्रिय निकुञ्ज हो। प्रदेश नं. १ को यो निकुञ्ज २ हजार ८ सय ४५ मिटरमा अवस्थित मोन्जोबाट सुरु भएर दूधकोशी र भोटेकोशीको माथिल्लो जलाधार क्षेत्रहरू र उच्च हिमाली घाँटीहरूले बनेका सुन्दर गल्छीहरू तथा भौगोलिक क्षेत्रहरू हुँदै विश्वकै अग्लो शिखर सगरमाथा (८८४८.८६ मिटर) सम्म फैलिएको छ।
महालङ्गुर हिम शृङ्खलामा पर्ने यो क्षेत्रमा आठ हजार मिटरका तीन हिमालहरू छन् l साना तिना हिम चुचुराहरू त कति हुन् कतिl
हिमाल मात्र नभई हजार भन्दा बढी वनस्पतिका प्रजातिहरू फुल्दा वसन्त ऋतुमा मनै आनन्द हुन्छl त्यसै गरी २ सय १९ भन्दा बढी प्रजातिका चराहरू, ३० प्रजातिका स्तनधारी, ८ प्रजाति भन्दा बढी घस्रने जनावर, ७ प्रजाति भन्दा धेरै उभयचर प्राणीहरू भएको अभिलेख गरिएको छl
मुख्य गरी दुर्लभ हिउँ चितुवा, रेड पान्डा, हिमाली कालो भालु, झारल, कस्तुरी मृगहरूको पनि साझा घर हो यो क्षेत्रl
गोक्यो ताल र आसपासका तालहरू रामसार क्षेत्रमा समेत सूचीकृत छन्l यहाँ बौद्ध धर्म मान्ने शेर्पा जातिको बाहुल्यता रहेको छl यस क्षेत्रमा खेतीपातीमा मुख्य गरी आलु र पशुपालनमा चौरी, याक पाल्ने चलन रहेको छ।
सगरमाथासहित यो क्षेत्रको संस्कृति र प्रकृतिसँग साक्षात्कार हुन् मन भए लकडाउन पछिको लागि राम्रो गन्तव्य बन्न सक्छl अहिलेलाई भने यी तस्बिरहरू हेरौँ।


राजतितु 
राष्ट्रिय पंछी डाँफे





आमादब्लम हिमाल
रातको समयमा थामसेर्कु हिमाल
(मनशान्त घिमिरे पोखरा पंछी समाजका अध्यक्ष हुन्l उनी पर्यटन, प्रकृति र फोटोग्राफीमा रुचि राख्छन्l)




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…