दाङको लमहीमा बैशाख १८ देखि लाटोकोसेरो संरक्षण उत्सव


     नेचर न्युज    
     वैशाख ९ गते २०८३ मा प्रकाशित



दाङ : प्रकृतिका साथीहरुको आयोजनामा हुँदै आएको लाटोकोसेरो संरक्षण उत्सवको १३ औं संस्करण वैशाख १८ र १९ गते दाङको लमहीमा हुँदै छ । सन् २०१२ देखि स्थानीय सस्कृति, खेल, संरक्षण संगै लाटोकोसेरो, विभिन्न प्रजातिका चरा, वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले लाटोकोसेरो संरक्षण उत्सव हुँदै आएका छ । अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा प्रकृतिका साथीहरु संस्थाले नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सवको तयारी गरिएको हो ।

लाटोकासेरो तथा हुचिल संरक्षणकालागि जनस्तरबाटै जनजागरण जगाउन प्रकृतिका साथीहरु नामक संस्थाले विभिन्न जिल्लामा संरक्षण उत्सव गर्दै आएको छ । उत्सवमा मुसा खाएर किसानको साथीको रुपमा महत्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संक्षणमा नागरिककै घर आगनमा पुगेर जनतेचना जगाउँदै आएको छ । यसले लाटोकोसेरो तथा हुचिल मात्र होइन अन्य वन्यजन्तु, वनस्पतिको संरक्षणका कार्यक्रम पनि हुँदै आएका छन् ।

नेपालमा २४ प्रजातिका लाटोकोसेरो पाइन्छ । लाटोकोसेरोले मुसा खाएर अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले लाटोकोसेरोलाई किसानको साथी भनिन्छ । लाटोकोसेरोको एउटा जोडीले एक सिजनमा २ हजार देखि ३ हजार सम्म मुसाहरू खान सक्छ । जसले कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्नुको साथै जैविक विविधता र पर्यापर्यटनकालागि पनि महत्त्वपूर्ण रहने कार्यक्रमका सहआयोजक प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए ।

सहरमा लाटोकोसेरोको वासस्थान हराउँदै गएपछि प्रकृतिका साथीहरू नामक संस्थाले कास्की, म्याग्दी, स्याङजा र बागलुङमा गरी १ सय कृत्रिम गुँड बनाएर सार्वजनिक चौतारा, व्यक्तिका घरवरपर, सामुदायिक घर, समाज घर लगायत क्षेत्रमा स्थानीयको सहमति र सहकार्यमा गत भदौमा कृत्रिम गुँड राखेको पनि प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक आचार्यले बताए ।

यसरी राखिएका कृत्रिम गुँडहरूमा मध्ये ४८ वटामा लाटोकोसेरो लगायत चराहरूले गुँड लगाएका छन् । जसमा पहिलो वर्ष ७ वटा कृत्रिम गुँडमा लाटोकोसेरोले गुँड लगाएका छन् । लाटोकोसेरो संरक्षण क्षेत्रमा गत तीन दर्शक देखि क्रियाशील प्रकृतिका साथीहरू नामक संस्थाले हेमजाका दुई विद्यालयमा लाटोकोसेरो क्लब स्थापना, तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र तथा गुलेली प्रतिबन्धित क्षेत्र घोषणा, लाटोकोसेरो संरक्षण दूतको छनोट लगायतका काम गरेको थियो ।

प्रकृतिका साथीहरुका निर्देशक आचार्यले सरकारले लागू गरेको दश वर्षे लाटोकोसेरो कार्ययोजना निर्माण र कार्यान्वयनमा प्रभावकारी काम गरेका थिए । आचार्यले लाटोकोसेरोको अवैध सिकार तथा व्यापार र वासस्थान जोगाउन मार्ग निर्देश गरेका छन् ।

चार संरक्षण क्षेत्रका व्यक्तित्व पुरस्कृत हुँदै

दाङको लमहीमा हुने लाटोकोसेरो संरक्षण उत्सवमा चार जना संरक्षण क्षेत्रमा योगदान दिदै आएका प्रतिष्ठित व्यक्तित्वहरू सम्मानीत हुँदै छन् । उनिहरुलाई प्रकृति संरक्षण पुरस्कारले सम्मान गरिन लागेको हो ।

लमहीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा यस वर्ष प्रकृति संरक्षण पुरस्कारबाट नर्वेजियन प्राणीशास्त्री र अन्तर्राष्ट्रिय रूपमा सम्मानित उल्लू अनुसन्धानकर्ता डा रोअर सोलहेमलाई सम्मानित गरिने भएको छ । नेपाल तर्फ वरिष्ठ संरक्षण विद्ध डा हुम बहादुर गुरुङलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने छ । गुरुङ बर्डलाइफ इन्टरनेशनलमा वरिष्ठ एशिया साझेदारी प्रबन्धकको रूपमा कार्यरत छन् ।

यसै गरी नेपालका अग्रणी र्‍याप्टर वैज्ञानिकहरू मध्ये एक र हिमालयन र्‍याप्टर्सका प्रमुख डा तुलसी राम सुवेदी प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने छ । यस्तै गरी वन्यजन्तु संरक्षणका मुद्दाहरूलाई जनतामा ल्याउने लेखक र पत्रकार दादी सापकोटा पनि प्रकृति संरक्षण पुरस्कारबाट सम्मानित हुदैछन् ।