
नेपाल सरकारले जारी गरेको पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा पशुहरूमाथिको ज्यादती बढ्दै गएको छ । साना ठूला ट्रकहरुमा ठूला भैँसी देखि कलिला पाडाहरू बस्तुहरू कोचेझैँ कोचेर ढुवानी गर्ने गरे पनि अनुगमन गर्नु पर्ने सरकारी निकायले अनुगमन नगर्दा पशु चौपायामाथि ज्यादती बढ्दै गएको छ ।
शुक्रबार दिउँसो नारायणगढ मुग्लिङ सडक खण्डमा त्यस्तै दृश्य देखिएको छ । सामाजिक सञ्जालमा सुरजन श्रेष्ठले यस्तै कारुणिक दृश्य झल्कन एक चौपायाको तस्बिर पोस्ट गर्दै उद्धार गरेको बताएका छन् । पशु चौपाया ढुवानी गर्ने एउटा ट्रकले एक चौपायालाई डोरी सँगै सडकमा लतारेर ल्याएको सूचना थाहा पाएपछि दीपक केसी, विस्मिता पौडेल र कल्याण श्रेष्ठले उद्धार गरेर उपचार गरेको उनले उल्लेख गरेका छन् । गगी सुवेदीले दिएको सूचनाको आधारमा उद्धार टोली घटना स्थल पुगेर चौपायाको उद्धार र उपचार गरेका हुन् ।

घाइते चौपायालाई पशु प्राविधिकको सहयोगमा उपचार भइरहेको पनि उनले बताएका छन् । उद्धार गरिएको चौपायाको शरीरमा गम्भिर चोट चोटपटक लागेको छ । उपचार भइरहेकोले बाच्ने आशा सहित उद्धार टोली उपचारमा लागेका छन् । सफल उपचार पछि यस चौपायाले नयाँ वातावरणमा नयाँ जीवन सुरु गर्ने उनले बताएका छन् । यस चौपायाले फेरी वधशालाको ढोकामा पाइला चाल्न पर्ने छैन र कसैको जिब्रोका स्वाद मेटाउने वस्तु बन्नु पर्ने छैन उनी लेख्छन् ।
यस्ता दृश्यले सामान्य मानिसका लागि पनि असह्य हुने गर्दछ । समाजमा पशु क्रूरताविरुद्धका कानुहरू छन् । तर तिनीहरूको कार्यान्वयन कमजोर हुँदा पशु चौपायाहरूले दुःख पाइरहेका छन् । पशु ढुवानीका क्रममा पशुहरूलाई आरामदायी र मानवीय तरिकाले लैजानु पर्ने नियमहरूको पालना नगर्नुले ती नियमहरू कागजमा मात्र सीमित भएको देखाउँछ । पशु अधिकार क्षेत्रमा कार्यरत अधिकारकर्मीहरूले चौपायाहरूलाई गरिने दुरव्यहार अन्त्यको माग गर्दै यस क्षेत्रमा अनुगमन गर्ने निकाय सचेत भएर अनुगमन गर्दै यस्ता कार्यको अन्त्य तर्फ ध्यान दिन माग गरेका छन् ।
तस्बिर सुरजन श्रेष्ठको फेसबुकबाट लिएको हो ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…